सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अफ हुँदा पनि यसरी ट्र्याक हुन्छ तपाईँको आईफोन

53
Sana Kishan

कञ्चनपुर: जर्मनीको टेक्निकल युनिभर्सिटी अफ डामस्टाडका अनुसन्धानकर्ताले आईफोन अफ हुँदा पनि ट्र्याक हुनसक्ने कुरा पत्ता लगाएका छन् । आईफोन अफ हुँदा पनि त्यसमा भएका वायरलेस चिपहरूले काम गर्ने सो खोजले निष्कर्ष निकालेको छ ।

आईफोन अफ भएको २४ घण्टासम्म पनि उक्त फोनमा भएका विभिन्न फिचर सक्रिय हुने भएकाले ट्र्याक गर्न सम्भव हुने खोजकर्ताको भनाइ छ । यसो त तपाईँ आईफोन प्रयोगकर्ता हो भने यो तपाईँका लागि उपयुक्त हुन सक्छ ।
यदि तपाईँको फोन हरायो वा चोरी भयो भने अफ भएकै अवस्थामा पनि ट्र्याक गरेर आफ्नो फोन फेला पार्न सक्नुहुन्छ । यद्यपि केही ह्याकरले यसको फाइदा उठाएर प्रयोगकर्ताको आईफोन अफ हुँदा पनि त्यसलाई ट्र्याक गरेर एक्सेस पाउन सक्छन् ।

Arus

अफलाइन ह्याकिङको जोखिममा को को हुन सक्छन् ?
यो कमजोरी औसत प्रयोगकर्ताका लागि भने चिन्ताको विषय होइन । यो कमजोरी जेल ब्रेकिङ डिभाइस प्रयोग गर्ने प्रयोगकर्ताका लागि जोखिमको विषय बन्न सक्छ । जेल ब्रेकिङ त्यस्तो प्रक्रिया हो जसमा उक्त डिभाइसको त्रुटिलाई शोषण गर्ने काम गरिन्छ ।

Karnali Traders

यसमा निर्माताले त्यस डिभाइसका लागि उपलब्ध गराएका बाहेक अन्य सफ्टवेयर इन्स्टल गरेर प्रयोग गर्ने गरिन्छ । सामान्य अर्थमा यसरी बुझ्नुहोस् जेल ब्रेकिङ डिभाइस प्रयोग गर्ने प्रयोगकर्ताले अपरेटिङ सिस्टम र त्यसका सबै फिचरमा एक्सेस पाउन सक्छन् । जेल ब्रोकन डिभाइसमा पहिले नै विभिन्न त्रुटि हुने भएकाले यस्ता डिभाइस बढी जोखिममा हुने गर्छन् ।

के आईफोन अफ हुँदा पनि ट्र्याक हुने कमजोरीबाट तपाईँ डराउनुपर्छ ?

तत्काललाई यसबाट सुरक्षा कमजोरीबाट नडराउन खोजकर्ताले सुझाव दिएका छन् । तपाईँसँग जेल ब्रोकन डिभाइस छ भने चाँहि केही सतर्कता अपनाउनु पर्ने हुन्छ ।

यो फिचर पहिले नै डिभाइस हराएको वा चोरी भएको अवस्थामा ट्र्याक गर्न सकियोस् भनेर समावेश गरेको देखिन्छ । यद्यपि यो एक सुरक्षा कमजोरी नै भएकाले आईओएसको पछिल्लो अपडेट इन्स्टल गर्नुहोस् ।टेकपाना

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.