
कञ्चनपुर : कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका-१ फटियाका ५२ वर्षीय पुरनसिंह पन्तको करेन्ट लागेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीका अनुसार सर्भिस तारसँगै आएको जिआइ तारमा छोइँदा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
