
कञ्चनपुर : कैलाली कञ्चनपुरका नदीमा बाढीको खतरा रहेकाले सतर्क रहन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागले पछिल्लो ६ घण्टा दुबै जिल्लाका धेरै स्थानमा भारी वर्षा भएकाले सतर्क रहन आग्रह गरेको हो ।

राति १२ बजेसम्म थप वर्षा हुने हुँदा खुटिया, कान्द्रा, मोहना, सुहेली, चौधरलगायतका साना खोलाहरुमा एक्कासी बाढी आउन सक्ने भएकाले होचा डुबान हुने स्थानमा सतर्कता अपनाउन भनिएको छ ।

