
कञ्चनपुर : कञ्चनपुर र धनगढी जोड्ने मोहना नदीको झोलुङ्गे पुल बाढीको जोखिममा परेको छ । निरन्तरको वर्षाका कारण कञ्चनपुरको कृष्णपुर नगरपालिका-८ र धनगढी उपमहानगरपालिका(१३ श्रीलंका जोड्ने मोहना नदीको झोलुङ्गे पुल बाढीको जोखिममा परेको हो ।

बाढीले श्रीलंकातिर कटान हुँदा पिल्लर बगाउने अवस्थामा रहेकाले अहिले जैविक तटबन्ध गर्न लागिएको छ। नम्बर ३५ गण शैलेश्वरी झलारी कञ्चनपुरबाट सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र चन्दको कमाण्डमा जैविक तटबन्ध गर्न लागिएको बताइएको छ।

कृष्णपुरका नगर प्रमुख हेमराज ओझा र वडा नम्बर ८ का अध्यक्ष दिनेश खड्का प्रभावित क्षेत्रमा पुगेका छन् । नगर प्रमुख ओझाले केही दिनअघि पनि तटबन्ध गरेका कारण अहिले जोखिम कम भएको र आउँदो हिउँदमा पक्की तटबन्ध बनाएर पुल संरक्षण गर्ने बताए ।
