सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरको बेलौरीमा क्षेत्रीय ब्याडमिन्टन प्रतियोगिताको तयारी

41
Sana Kishan

कञ्चनपुर,असोज । कञ्चनपुरको बेलौरीमा क्षेत्रीय ब्याडमिन्टन प्रतियोगिताको तयारी भइरहेको छ । बेलौरी ब्याडमिन्टन क्लब र उग्रतारा बाल विद्यालयको संयुक्त आयोजनामा यही असोज २७ देखि २९ गतेसम्म प्रतियोगिता सञ्चालन हुने बेलौरी ब्याडमिन्टन क्लबका अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिनु भएको छ । उहाँका अनुसार, प्रतियोगितामा सहभागी हुन चाहने खेलाडी टिमका लागि निवेदन दर्ता आह्वान गरिएको छ ।

Karnali Traders

प्रतियोगितामा सहभागी हुन चाहने टिममा कञ्चनपुर क्षेत्र नम्बर १ का स्थायी बासिन्दा वा सो क्षेत्रमा कार्यरत रहेको हुनुपर्ने प्रावधान निर्धारण गरिएको छ । प्रतियोगिताको विजेता टिमलाई नगद रु। ३० हजार र उपविजेता टिमलाई नगद रु। २० हजार सहित प्रमाण पत्रले पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगितालाई बेलौरी नगरपालिका वडा नम्बर ४ को कार्यालयले मुख्य प्रायोजन गरेको क्लबका अध्यक्ष श्रेष्ठले बताउनु भयो । नेपाल बोध

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.