
कञ्चनपुर : डोटीकी एक महिला आठ दिनदेखि बेपत्ता भएकी छिन् । जिल्लाको केआइसिंह गाउँपालिका वडा नम्बर ३ दल्लकी २४ वर्षीया रम्भादेखि ऐर बेपत्ता भएकी हुन् । विजया दशमीको ५ दिन अगाडि घरबाट स्थानीय बजारमा जान्छु भनेर हिडेकी रम्भा सोही दिनदेखि सम्पर्कमा नआएको उनका छिमेकी तारा ऐरले बताए ।
उनी बेपत्ता भएपछि खोजीकार्यका लागि आग्रह गरिएको छ । रम्भाका एक ६ वर्षीय छोरा र तीन वषीया छोरी छन् । अहिले उनीहरु बिचल्लीमा परेका छन् । उनको खोजी कार्यका लागि प्रहरी खटिएको छ । यस्तै उनका आफन्तले उनलाई कसैले देखे वा भेटेमा नजिकको प्रहरी चौकी तथा ९८६५९५२८१४ नम्बरमा फोन गर्न आग्रह गरेका छन् ।

https://youtu.be/AqhuaepQ-5w
