बिहीबारदेखि कैलाली र कञ्चनपुरका केही स्थानमा भारी वर्षा भएको छ। शुक्रबार पछिल्लो तीन घण्टामा दुवै जिल्लामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। वर्षा अहिले पनि रोकिएको छैन। भारी वर्षाका कारणले दिउँसो १२ बजेसम्म साना तथा ठूला नदी र खोलाहरुमा बाढीको सम्भावना भएको सर्तकता अपनाउन आग्रह समेत गरिएको छ।
खासगरी खुटिया, कान्द्रा, मोहना नदी, सुहेली, चौधर लगायतका साना खोलाहरुमा एक्कासी बाढी आएर होचा ठाउँमा डुबान पर्ने भएकाले सावधानी अपनाउन भनिएको छ। दिनेश खबरबाट सभार









Discussion about this post