सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा बस र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु

कञ्चनपुर : कञ्चनपुरमा बस र मोटरसाइकल आपसमा ठोक्किएका छन् । बिहीबार जिल्लाको भीमदत्त नगरपालिका ४ चम्मनचोक अगाडि पूर्व पश्चिम राजमार्गमा सुपप्र ०२ ००१ ख ११६१ नम्बरको बस र म १ प ६२७२ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् ।

Sana Kishan

दुर्घटनामा मोटरसाइकल चालक भीमदत्त-८ तिलाचौरका २० वर्षीय सुनिल रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनको महाकाली अस्पतालमा उपचारका क्रममा आज साँझ मृत्यु भएको बताइएको छ । प्रहरीका अनुसार बसपार्कबाट गाडीमा तेल हाल्नका लागि हाइवे निस्कने क्रममा बजारबाट गड्डाचौकीतर्फ गइरहेको सो मोटरसाइकलसँग ठोक्किएर दुर्घटना भएको थियो।

बस चालक शुक्लाफाँटा नगरपालिका-१ गणेशपुरका ३६ वर्षीय रघुनाथ अवस्थीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.