सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

Sana Kishan

गए राती करिब ११ बजेतिर कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ अमर बस्ती स्थित हुलाकी सडक खण्डमा पुनर्वासदेखि धनगढीतर्फ सवार से ७ प ४७६५ नम्बर को मोटरसाइकल अनियन्त्रित भई विद्युत्को पोलमा ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेश राज मल्लले जानकारी दिनुभयो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक कैलालीको धनगढी उपमहानगरपालिका ३ चटकपुर बस्ने २३ वर्षीय गुड्डु राना र सोही मोटरसाइकलमा सवार कञ्चनपुरको पुनर्वास नगरपालिका १० विकास बस्ती बस्ने २२ वर्षीय विशाल रानाको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । दुर्घटना हुँदा मोटरसाइकल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने विद्युत् पोल समेत भाँचिएको छ । हरिश्चन्द्र बागले नेपाल बोधमा लेखेका छन ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.