सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

धनगढी उपमहानगरपालिकाका मेयर हमालले गरे रावणको पुतला दहन

धनगढीस् धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले रावणको पुतला दहन गरेका छन्। नवरात्रको १०औँ दिन मेयर हमालले रावणको पुतला दहन गरेर सांकेतिक रुपमा रावण वध गरेका हुन्।

घटस्थापनादेखि दुर्गा पूजा सेवा समितिद्वारा धनगढीमा आयोजित रामलिलाका अवसरमा रावणको पुतला बनाएर वध गरिएको हो। धनगढीको क्षेत्रीय रंगशालामा हरेक वर्ष रामलिला सञ्चालन हुँदै आएको छ। असत्यमाथि सत्यको विजयका रुपमा रामलिला मनाइने गरिएको छ। हरेक वर्ष रामलिलाको अन्तिम दिन पुतला बनाएर रावणको वध गर्ने प्रचलन छ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.