कञ्चनपुर : धनगढीमा हाइलेक्स गाडी दुर्घटना भएको छ । धनगढी उपमहानगरपालिका-१ स्थित मुख्यमन्त्री कार्यालय अगाडि बाग्मती प्रदेश ०१ ०२५ च २१६६ नम्बरको गाडी दुर्घटना भएको प्रहरीले बताएको हो ।

गाडी टायर पड्किएर अनियन्त्रित भई विद्युतका दुई ओटा पोलमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटना हुँदा गाडीको अगाडिको भागमा क्षति भएको बताइएको छ ।
चालक कैलालीको गोदावरी नगरपालिका १ का ३५ वर्षीय हितेश ओझालाई भने कुनै चोटपटक नलागेको र गाडीमा उनी मात्र रहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार विद्युतका पोल ढल्दा विद्युत सेवा अवरुद्ध भएको छ भने केही बेरमै मर्मत कार्य गरिने भएको छ ।
