सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज विजयादशमी, बिहान ११ः ५१ मा शुभसाइत

काठमाडौं : हिन्दू धर्मावलम्बी नेपालीहरूको महान् चाड बडा दशैँअन्तर्गत आज विजयादशमी टीकाको दिन रहेको छ । आफूभन्दा ठूला मान्यजनबाट टीका ग्रहण गरी आशीर्वाद प्राप्त गर्ने प्रचलन रहि आएको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार टीकाको साइत उत्तम साइत आज बिहान ११ः५१ बजेको रहेको जनाएको छ ।

टीका लगाउनुअघि देवी विसर्जन गर्ने गरिन्छ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

Sana Kishan

आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे । ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।। शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते । विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण ।। विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिएको छ। यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ ।

World Link Ads
Mahakali Polytechnic

महिलालाई भने दुर्गा देवीको स्वरूप मानेर निम्न लिखित मन्त्रले आशीर्वाद दिइन्छ । जयन्ती मङ्गला काली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।। आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद थाप्न हिँड्ने मानिसको बाटामा भीड लाग्छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.