कञ्चनपुर : बलिका लागि ल्याइएको राँगो भागेपछि दार्चुलाको चमेलिया नदीमा बेपत्ता भएका बहादुरसिंह बोहराको अन्त्येष्टि गरिएको छ । सोमबार नदीमा बगेर बेपत्ता भएका जिल्लाको शैल्यशिखर नगरपालिका १ का अन्दाजी ४० वर्षीय बोहराको मंगलबार अन्त्येष्टि गरिएको हो ।
नदीमा मानिसको एउटा खुट्टा भेटिएको र उक्त खुट्टा उनकै हुनसक्ने भनी आज अन्त्येष्टि गरिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाले नदी क्षेत्रमा भेटिएको खुट्टा परिवारको जिम्मा लगाइएको र आज नै अन्त्येष्टि पनि गरिएको जानकारी प्राप्त भएको जनाएको छ ।
बोहरा देथलास्थित भगवती मन्दिरमा लागेको अष्टमी जात्रामा राँगाको बलि दिन गएका थिए । सोही क्रममा बलिका लागि तयार पारिएको राँगो अचानक भागेर चमेलिया नदीमा पसेको थियो। त्यसपछि राँगोलाई समात्न भनी चमेलिया नदीमा पसेका उनी नदीले बगाएर बेपत्ता भएका थिए। बोहरासँग नदीमा बगेको राँगो भने हिजै फेला परेको थियो।









Discussion about this post