
कञ्चनपुर : कैलालीमा एक बालक अलपत्र अवस्थामा फेला परेका छन् । मंगलबार जिल्लाको लम्कीचुहा नगरपालिका २ स्थित मोतिपुर बजारमा अन्दाजी ५ वर्षीय बालक अलपत्र अवस्थामा फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय लम्कीले बालकका परिवारलाई सम्पर्कमा आउन आग्रह गरेको छ भने उनको परिवारलाई सम्पर्क गराइदिन पनि आग्रह गरेको छ ।
