सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवक गम्भीर घाइते

कञ्चनपुर : धनगढीमा मोटरसाइकल दुर्घटनामा परी एक युवक गम्भीर घाइते भएका छन् । सोमबार धनगढी उपमहानगरपालिकाको वडा नम्बर ६ मटियारीस्थित शिव टोलमा सुपप्र ०१ ००११ प ३४०३ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

Sana Kishan

दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका २६ वर्षीय विनोद राना गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । उनका अनुसार मोटरसाइकल आफै अनियन्त्रित भई सालको रुखसँग ठोक्किएको थियो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.