सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुलामा बलिका लागि लगिएको राँगो चमेलिया नदीमा भागेपछि समात्न गएका पुरुष बेपत्ता

कञ्चनपुर : दार्चुलाको चमेलिया नदीमा बगेर एक जना बेपत्ता भएका छन् । सोमबार जिल्लाको शैल्यशिखर नगरपालिका १ का अन्दाजी ४० वर्षीय बहादुरसिंह बोहरा चमेलिया नदीमा बगेर बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार उनी देथलास्थित भगवती मन्दिरमा लागेको अष्टमी जात्रामा राँगाको बलि दिन गएका थिए । बलिका लागि तयार पारिएको राँगो अचानक भागेर चमेलिया नदीमा पसेको थियो ।

Sana Kishan

त्यसपछि उनी राँगोलाई समातेर बलि दिनका लागि भनेर चमेलिया नदीमा पसेका थिए । नदीमा पसेका उनलाई नदीले बगाएर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । यस्तै उनीसँगै बगेको राँगो फेला परेको बताइएको छ । बेपत्ता पुरुषको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.