कञ्चनपुर : कञ्चनपुरमा आगोले पोलिएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका-५ शोभातालकी २५ वर्षीया गीता चौधरीको आगोले पोलिएर मृत्यु भएको प्रहरीले बताएको हो ।
प्रहरीका अनुसार गत शुक्रबार खाना पकाउने बेला दाउराको आगोले पोलिएर उनी घाइते भएकी थिइन् । उनलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याइएकोमा अस्पतालले उपचार सम्भव नभएको भन्दै काठमाडौँ लैजान सुझाएका थिए ।
उनको बाटोमै मृत्यु भएको हो । खाना पकाउन दाउरामा मट्टीतेल छर्किँदा शरीरमा आगो लागेको उनका परिवारका सदस्यले बताएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।









Discussion about this post