सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलालीको अत्तरियाबाट बझाङ गइरहेको बस ट्रकसँग ठोक्कियो, १६ जना घाइते

कञ्चनपुर कैलालीको अत्तरियाबाट बझाङतर्फ गइरहेको बस र बझाङबाट धनगढीतर्फ आइरहेको ट्रक आपसमा ठोक्किएका छन् । डडेल्धुराको आलिताल गाउँपालिका १ स्थित गाङखेतमा सुदूरपश्चिम यातायातको ना ५ ख ६७३४ नम्बरको बस र से १ ख ८७८ नम्बरको ट्रक ठोक्किएका हुन् ।

Sana Kishan

ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका अनुसार सोमबार बिहान भएको दुर्घटनामा करीब १५ १६ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरुमध्ये २ जनालाई धनगढी र २ जनालाई जिल्ला अस्पताल डडेल्धुरा पठाइएको प्रहरीले बताएको छ । घाइतेहरुको पहिचान खुलेको छैन । बसमा २४ जना सवार रहेका थिए।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.