सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलालीको अत्तरिया चोकमा ‘हाइमास्ट लाइट’ जडान

कञ्चनपुर : अत्तरिया चोकमा ‘हाइमास्ट लाइट’ जडान गरिएको छ । गोदावरी नगरपालिकाले पहिलो कार्यपालिका बैठकबाट चोकमा हाइमास्ट लाइट राख्ने निर्णय गरेअनुसार लाइट जडान गरिएको हो ।
उक्त ‘हाइमास्ट लाइट’ को आईतबार साँझ गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले उद्घाटन गरेका थिए । नगरप्रमुख भट्टले लाइट जडान भएसँगै रातीको समयमा हुने दुर्घटना रोक्न सहयोग पुग्ने बताए ।
‘हाइमास्ट लाइट’ मा ६ वटा चिम रहेका छन् । जसको क्षमता ७२ सय वाट रहेको छ । उक्त लाइट टाइम सेट गरेपछि आफै बन्द हुने लाइट जडान गरेका प्राविधिकहरुले बताएका छन् ।
Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.