महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्थित मन्त्र हस्पिटलले ५ सय ५० जनालाई निशुल्क स्वास्थ्य सेवा दिएको छ । हस्पिटलले जिल्लाका विभिन्न स्थानमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै ३ दिनको अवधिमा ५ सय ५० जनालाई निशुल्क स्वास्थ्य सेवा दिएको हो ।
जसअनुसार निशुल्क स्वास्थ्य शिविरको पहिलो दिन कृष्णपुर नगरपालिका वाणी २ स्थित खडायत मेडिकलमा १ सय ७२ जना, दोधरा चाँदनी नगरपालिका स्थित दोधरा चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रमा २ सय जना र यस्तै बेलडाँडी गाउँपालिका स्थित बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा १ सय ७८ जनाले निशुल्क स्वास्थ्य सेवा लिएका हुन् ।









Discussion about this post