काठमाडौंः आज बडादशैँको सातौँ दिन अर्थात् महासप्तमी । आइतबार कालरात्रि देवीको पूजा आराधना गरिँदै छ । नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप नवरात्रको सातौँ दिन नवदुर्गाको सातौँ रूप कालरात्रिको पूजा–आराधना गरिन्छ ।
कालरात्रिको स्वरूप भयंकरको छ । कालो वर्णकी र केश फिँजाएकी यिनले गलामा विद्युत् जस्तै चम्किने माला लगाएकी छन् । तीन आँखा भएकी कालरात्रिले बारम्बार निःश्वास लिने गर्छिन् । त्यसबाट अग्निको ज्वाला उत्पन्न हुन्छ ।
चार भुजा भएकी यिनले तरवार र खड्ग धारण गरेकी छिन् । स्वरूप डरलाग्दो भए पनि कालरात्रिले आफ्ना भक्तलाई सदैव कल्याण गर्छिन् भन्ने विश्वास छ । महासप्तमीका दिन विद्याकी देवी महासरस्वतीको विशेष पूजा गरिन्छ । विद्याका सामग्री, पुस्तक, अभ्यासपुस्तिका र कलमको पनि पूजा गरिन्छ ।
यसै दिन भद्रकालीको आराधना पनि गरिन्छ । शक्तिपीठहरूमा पशु बलिसहितको पूजा पनि चल्छ ।









Discussion about this post