सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरको बेलौरीमा बि.पि.एल.अक्सिजन प्लान्ट सञ्चनलनमा

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा बि.पि.एल.अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएको छ । श्रीपुर स्वास्थ्य केन्द्र स्थित कञ्चनपुरका ३ वटा स्थानीय तह बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकाको संयुक्त लगानिमा शुक्रबार देखी बि.पि.एल.।अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएको हो । प्लान्टको कुल लागत रु २ करोड रहेको बेलौरी नगरपालिकाका सिनियर अहेव मान बहादुर चन्दले जानकारी दिनुभएको छ ।

Sana Kishan

लालझाडी गाउँपालिकाको ३५ लाख, पुनर्वास नगरपालिकाको ६५ लाख र बेलौरी नगरपालिकाको १ करोड लागतमा बि।पि।एल।अक्सिजन प्लान्ट सञ्चालनमा आएको चन्दले बताउनुभयो । २४ घण्टामा ७० सिलिन्डर उत्पादन क्षमता प्लान्टको रहेको छ ।

साझेदार पालिकाकालागि प्रती सिलिन्डर रिपिल वापत ६ सय र वाह्य सघं सस्थाा र ब्यापारीकाका लागी रिफिल गराउदा प्रति सिलिन्डर ७ सय रकम निर्धारण गरिएको छ । बेलौरी नगरपालिकामा बि.पि.एल.।अक्सिजन प्लान्ट सञ्चालनमा आएकोले दक्षिणि क्षेत्रका नागरिकले अक्जिनको अभावले ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य भएको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरीले बताउनु भएको छ । प्लान्टको बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको एक टोलीले अनुगमन समेत गरेको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.