कञ्चनपुर : कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका–७ को हरैया पुलस्थित भित्री सडकखण्डमा प्रदेश २–०२००३ प ७६७९ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।
दुर्घटनामा सोही ठाउँका ३२ वर्षीय विवेक महतको मृत्यु भएको प्रहरीले बताएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार चालक ३६ वर्षीय सुनिल कुश्मी भने सामान्य घाइते छन् ।
मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ ।









Discussion about this post