सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बाजुरामा दलितमाथि कुटपिटः वडाध्यक्षसहित ३ जनाविरुद्ध मुद्दा दायर

धनगढीः बाजुराको एक मन्दिरमा दलित प्रवेश गरेको भन्दै कुटपिट गरेको आरोपमा वडाध्यक्षसहित ३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाटेश्वरी मन्दिरमा प्रवेश गरी पूजापाठ गरेको भन्दै टेकेन्द्रसिंह सुनारलाई कुटपिट गर्ने वडाध्यक्षसहित ३ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा मुद्धा दर्ता भएको हो। वडाध्यक्ष अयडी अयडी नेपाली काँग्रेस निर्वाचित भएका हुन्।

त्रिवेणि नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जुद्धबहादुर अयडीसहित ३ जनाविरुद्ध बिहीवार जिल्ला प्रहरी कार्यालय बाजुरामा जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) सूर्य थापाले जानकारी दिए।

घटनामा संलग्न वडाध्यक्षलाई नियन्त्रणमा लिइएको र फरार रहेका पाध्याय र अयडीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। घटस्थापनाका अवसरमा नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्न बसिरहेका बेला बुढीगंगा नगरपालिका ५ नुवाघर घर भइ कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखाल बस्दै आएका सुनारमाथि वडाध्यक्ष अयडीसहितको समूहले ‘तँ डुमले नवरात्री पूजा गर्न पाइँदैन’लगायतका कानूनले बर्जित गरेका शब्द प्रयोग गरि कुटपिट तथा जातिय रुपमा विभेद गरेका थिए।

World Link Ads
Mahakali Polytechnic

नाटेश्वरी मन्दिरमा नवरात्रको पूजाआजा गर्न कन्चनपुरबाट बाजुरा पुगेका सुनारलाई मन्दिर प्रवेश गरेर पूजा किन गरेको भन्दै वडा अध्यक्ष अयडीसहित स्थानीय रंगलाल पाध्याय र विनोद अयडीले निर्घात कुटपिट गरी नगद ६० हजार नगद रुपैयाँसमेत लुटेको भन्दै पीडित सुनारले न्याय माग्दै जिल्ला प्रहरी कार्यालय बाजुरामा ३ जनाविरुद्ध मुद्दा दर्ता गरेका हुन्। मन्दिरमा पूजा गरिरहेको बेला कुटपिटपछि सुनारको आँखा, ढाड, छातिमा चोट लागेको छ।

Dirghayu Ads
Sana Kishan

जातीय विभेद तथा छुवाछुत भेदभाव गर्ने जो सुकैलाई पनि कानुनी कारबाही हुनुपर्ने जिल्लाका दलित अगुवाले माग गरेका छन्।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.