सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एन.आई.सी. एशिया बैंक मार्फत वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

 कञ्चनपुर : एन.आई.सी. एशिया बैंकले सामाजिक सुरक्षा भत्ता वितरणको लागि शिविर संचालन गरेको छ । बेदकोट नगरपालिकाको समन्वयमा एन.आई.सी. एशिया बैंक, बेदकोट, कञ्चनपुर शाखाले वडा कार्यालयमै पुगेर भत्ता वितरण गर्न थालेपछि स्थानिय खुसी भएका छन् ।
वडाबाटै भत्ता वितरण शुरु भएपछि आफूलाई निकै राहत मिलेको र बैंकमा दिनभर लाइन बस्नुपर्ने बाध्यता हटेको लाभग्राहीहरुले बताएका छन् ।

जेष्ठ नागरिक र अपांगता भएकाहरुलाई बैंकमा घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको एन.आई.सी. एशिया बैंक लि. सुदूरपश्चिम प्रदेश प्रमुख सुबास जोशीले बताए । उनले जनताको सहजताका लागि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि नागरिकको अनुहारमा खुसी देख्दा आफूहरुलाई थप खुसी मिलेको बताए ।

 

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

उनले वडा नं. १ देखी १० सम्म वडामै पुगेर शिविर मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिने पनि बताए । वडा नं. १ को वडा कार्यालयबाट मंगलबारदेखि सुरु भएको सामाजिक सुरक्षा भत्ता वितरण हालसम्म चार सय भन्दा बढी लाभग्राहीहरुलाई वितरण गरिसकिएको र जम्मा ७,००० लाभग्राही यस शिबिरबाट लाभान्वित हुने बेदकोट नगरपालिकाका नगरप्रमुख भोज राज बोहोराले जानकारी दिए ।
अब उप्रान्त बेदकोट नगरपालिका, कञ्चनपुरको सम्पूर्ण सामाजिक सुरक्षा भत्ता वडा स्तर बाटै बाँडिने यस एन.आई.सी. एशिया बैंक लि., बेदकोट शाखाका शाखा प्रमुख, सुरेन्द्र प्रसाद भट्टले जनाएका छन् ।

Dirghayu Ads

तस्बिरहरु

 

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.