कञ्चनपुर : कैलालीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–४ राजीपुरकी ५२ वर्षीया जयकला खत्रीको माटोको ढिस्कोले पुरिएर बुधबार साँझ मृत्यु भएको हो ।
सोही ठाउँस्थित जनता आधारभूत विद्यालयको जमिनमा घर पोत्नको लागि माटो खन्ने क्रममा अचानक माटोको ढिस्को खसेर उनी पुरिएकी थिइन् । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।









Discussion about this post