कञ्चनपुर : दार्चुलाको एक पसलमा आगलागी भएको छ । सदरमुकाम खलङ्गास्थित राधाकृष्ण चोकमा रहेको ललितप्रसाद भट्टको भट्ट जनरल स्टोरमा आगलागी भएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बुधबार राति ९ बजेतिर भएको आगलागीले पसलमा पूर्ण रुपमा क्षति भएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको र क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।









Discussion about this post