सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अत्तरियाकी जेनीले गरिन् प्रगतिशिल विवाह, बुवाले दिए छोरा समान अंश

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १ अत्तरियाकी जेनी पाण्डेले प्रगतिशिल विवाह गरेकी छिन । उनले दाङका मिन राज न्यौपाने संग मंगलबार प्रगतिशिल विवाह गरेकी हुन ।

उक्त विवाहमा कुनै मण्डप निर्माण नगरी मञ्चमा कार्यक्रमको आयोजना गरी विवाह सम्पन्न गरिएको थियो । जेनीका बुवा हरिकृष्ण पाण्डेको सभापतित्वमा भएको प्रगतिशिल विवाह कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुन बहादुर थापा रहेका थिए ।

प्रगतिशिल विवाह कार्यक्रममा दुलाहा न्यौपानेले मञ्चमै विवाहको प्रस्ताव राखेका थिए भने दुलही जेनीले उनको प्रस्ताव स्विकार गर्दै माला र टिका लगाई विवाह सम्पन्न भएको थियो ।

World Link Ads
Mahakali Polytechnic

छोरा समान अंश

उक्त प्रगतिशिल विवाहमा दुलहिका वुवा पाण्डेले छोरीलाई आधा सम्पती अंश दिएको घोषणा गरेका थिए । एक छोरा र एक छोरी रहेका पाण्डेले दुवैलाई समान हुने गरी अत्तरियाको बनखेतमा रहेको ३६ कोठे घरमा समान भाग लगाएको घोषणा गरे ।

‘हामीले छोरीलाई दान दिनका लागि होइनकी अधिकार दिनका लागि जन्माएका हौ’ उनले भने ‘मैले छोरीलाई अधिकार स्वरुप ३६ कोठाको घर मध्ये १८ कोठा छोरा र १८ कोठा छोरीलाई अंश दिने घोषणा गर्दछु ।’

उनले प्रगतिशिल विवाह कार्यक्रमा आउनेहरुलाई पनि दान नदिन आग्रह गर्दै विवाह स्थलमा सूचना टास गरेको बताए ।

Sana Kishan

‘छोरीलाई कतिबेला हो दान दिने भन्छन । मैले तपाईहरुका अगाडी सूचना टासेको छु । तपाईहरुले दान दिनु पर्दैन । छोरीलाई अधिकार दिनु पर्छ’ उनले भने ‘म छोरा होस् या छोरी त्यसले जन्मसिद्ध अधिकार पाउनु पर्छ भन्ने मेरो मान्यता छ । ’

उनले व्यवस्था परिवर्तन संगसंगै संस्कृतिलाई पनि परिवर्तन गर्न आवश्यक रहेको बताए ।

‘अहिले समाजमा छोरा अंश खानेवाला हो । छोरी अंश नखाने दान दिने जात हो भनेर अपमान गरेका छौ’ उनले भने ‘त्यही भएर अहिले महिलाहरु पछाडी छन । त्यै भएर मैले छोरीलाई दान होइन अधिकार दिएको हुँ ।’

दुलहीकी आमा कुन्ति पाण्डेले छोरीलाई पशु सरह दान दिने परम्परा गलत भएको बताईन् । उनले भनीन् ‘छोरीहरुलाई पशु सरह दान गर्ने चलन छ । छोरीलाई पशुसरह दान नगरेर छोरीलाई छोरा सरह सम्पती र जन्मसिद्ध समान अधिकार दिनुपर्छ भन्ने मान्यताका साथ यो विवाह गरेका छौ ।’

उनले आफूले पनि २०४९ सालमा यसरी नै प्रगतिशिल विवाह गरेको बताईन् ।

‘तपाईहरुलाई अनौठो लाग्न सक्छ । छोरीको विवाहमा मानिसहरुले कन्यादान गर्थे । हामीले आज मञ्चमा विवाह गरिरहेका छौ । २०४९ सालमा डोटीको जोरायलमा मैले पनि यसरी नै प्रगतिशिल विवाह गरेको थिए’ उनले भनीन ‘मेरो विवाह भएको ३० बर्ष भएको छ । अहिले सम्म कुनै वैवाहिक जिवनमा कुनै समस्या छैन । मानिस भन्ने गर्छन जुडाएर विवाह गर्नुपर्छ । नत्र केही न केही हुन्छ भन्छन । तर, त्यो सबै भ्रम हो ।’ पाण्डे दम्पतीले २ बर्ष अगाडी आफ्नो छोराको पनि यसरीनै प्रगतिशिल विवाह गरेका थिए । अत्तरिया अनलाईन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.