Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

अत्तरियाकी जेनीले गरिन् प्रगतिशिल विवाह, बुवाले दिए छोरा समान अंश

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १२, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १ अत्तरियाकी जेनी पाण्डेले प्रगतिशिल विवाह गरेकी छिन । उनले दाङका मिन राज न्यौपाने संग मंगलबार प्रगतिशिल विवाह गरेकी हुन ।

उक्त विवाहमा कुनै मण्डप निर्माण नगरी मञ्चमा कार्यक्रमको आयोजना गरी विवाह सम्पन्न गरिएको थियो । जेनीका बुवा हरिकृष्ण पाण्डेको सभापतित्वमा भएको प्रगतिशिल विवाह कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुन बहादुर थापा रहेका थिए ।

प्रगतिशिल विवाह कार्यक्रममा दुलाहा न्यौपानेले मञ्चमै विवाहको प्रस्ताव राखेका थिए भने दुलही जेनीले उनको प्रस्ताव स्विकार गर्दै माला र टिका लगाई विवाह सम्पन्न भएको थियो ।

छोरा समान अंश

उक्त प्रगतिशिल विवाहमा दुलहिका वुवा पाण्डेले छोरीलाई आधा सम्पती अंश दिएको घोषणा गरेका थिए । एक छोरा र एक छोरी रहेका पाण्डेले दुवैलाई समान हुने गरी अत्तरियाको बनखेतमा रहेको ३६ कोठे घरमा समान भाग लगाएको घोषणा गरे ।

‘हामीले छोरीलाई दान दिनका लागि होइनकी अधिकार दिनका लागि जन्माएका हौ’ उनले भने ‘मैले छोरीलाई अधिकार स्वरुप ३६ कोठाको घर मध्ये १८ कोठा छोरा र १८ कोठा छोरीलाई अंश दिने घोषणा गर्दछु ।’

उनले प्रगतिशिल विवाह कार्यक्रमा आउनेहरुलाई पनि दान नदिन आग्रह गर्दै विवाह स्थलमा सूचना टास गरेको बताए ।

‘छोरीलाई कतिबेला हो दान दिने भन्छन । मैले तपाईहरुका अगाडी सूचना टासेको छु । तपाईहरुले दान दिनु पर्दैन । छोरीलाई अधिकार दिनु पर्छ’ उनले भने ‘म छोरा होस् या छोरी त्यसले जन्मसिद्ध अधिकार पाउनु पर्छ भन्ने मेरो मान्यता छ । ’

उनले व्यवस्था परिवर्तन संगसंगै संस्कृतिलाई पनि परिवर्तन गर्न आवश्यक रहेको बताए ।

‘अहिले समाजमा छोरा अंश खानेवाला हो । छोरी अंश नखाने दान दिने जात हो भनेर अपमान गरेका छौ’ उनले भने ‘त्यही भएर अहिले महिलाहरु पछाडी छन । त्यै भएर मैले छोरीलाई दान होइन अधिकार दिएको हुँ ।’

दुलहीकी आमा कुन्ति पाण्डेले छोरीलाई पशु सरह दान दिने परम्परा गलत भएको बताईन् । उनले भनीन् ‘छोरीहरुलाई पशु सरह दान गर्ने चलन छ । छोरीलाई पशुसरह दान नगरेर छोरीलाई छोरा सरह सम्पती र जन्मसिद्ध समान अधिकार दिनुपर्छ भन्ने मान्यताका साथ यो विवाह गरेका छौ ।’

उनले आफूले पनि २०४९ सालमा यसरी नै प्रगतिशिल विवाह गरेको बताईन् ।

‘तपाईहरुलाई अनौठो लाग्न सक्छ । छोरीको विवाहमा मानिसहरुले कन्यादान गर्थे । हामीले आज मञ्चमा विवाह गरिरहेका छौ । २०४९ सालमा डोटीको जोरायलमा मैले पनि यसरी नै प्रगतिशिल विवाह गरेको थिए’ उनले भनीन ‘मेरो विवाह भएको ३० बर्ष भएको छ । अहिले सम्म कुनै वैवाहिक जिवनमा कुनै समस्या छैन । मानिस भन्ने गर्छन जुडाएर विवाह गर्नुपर्छ । नत्र केही न केही हुन्छ भन्छन । तर, त्यो सबै भ्रम हो ।’ पाण्डे दम्पतीले २ बर्ष अगाडी आफ्नो छोराको पनि यसरीनै प्रगतिशिल विवाह गरेका थिए । अत्तरिया अनलाईन बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

निड्स नेपालको २७ औँ वार्षीक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न
सुदूरपश्चिम

निड्स नेपालको २७ औँ वार्षीक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

अशोज ५, २०८३
संघीय संसद्का दुवै सदन आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा
फ्ल्यास हेडिङ

संघीय संसद्का दुवै सदन आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा

अशोज ५, २०८३
भारत भ्रमणबाट फर्किए अर्थमन्त्री वाग्ले, सहकार्य विस्तारमा जोड
फ्ल्यास

भारत भ्रमणबाट फर्किए अर्थमन्त्री वाग्ले, सहकार्य विस्तारमा जोड

अशोज ४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वर्षासँगै डुबानको जोखिम बढेपछि सुरक्षित स्थानमा सारिँदै स्थानीय

वर्षासँगै डुबानको जोखिम बढेपछि सुरक्षित स्थानमा सारिँदै स्थानीय

अशोज ९, २०८३
भारी वर्षाको सम्भावनासँगै कञ्चनपुरमा कस्तो छ पूर्वतयारी ?

भारी वर्षाको सम्भावनासँगै कञ्चनपुरमा कस्तो छ पूर्वतयारी ?

अशोज ९, २०८३
सुदूरपश्चिममा विपद् जोखिम न्यूनीकरण र पूर्वकार्यलाई बजेटमै जोड्ने पहल

सुदूरपश्चिममा विपद् जोखिम न्यूनीकरण र पूर्वकार्यलाई बजेटमै जोड्ने पहल

अशोज ९, २०८३
महाकाली तटीय क्षेत्रमा विपद् पूर्वतयारी तीव्र

महाकाली तटीय क्षेत्रमा विपद् पूर्वतयारी तीव्र

अशोज ९, २०८३
१९औँ वार्षिक उत्सवमा पत्रकार सुजित सिनाल सम्मानित

१९औँ वार्षिक उत्सवमा पत्रकार सुजित सिनाल सम्मानित

अशोज ९, २०८३
एसियन गेम्समा नेपालको शानदार सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

एसियन गेम्समा नेपालको शानदार सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

अशोज ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व