सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डडेल्धुरामा चाडपर्व लक्षित सुरक्षा योजना लागु

Far weast coaching ad
76
Sana Kishan

कञ्चनपुर : डडेल्धुरामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु गरिएको छ। चाडपर्वका बेला हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गरी सुरक्षा योजना लागु गरिएको हो।

Karnali Traders

दसैँ, तिहार र छठ पर्वको अवसरमा जिल्ला सुरक्षा समितिको बैठकबाट सुरक्षा योजना बनाई लागु गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए। चाडपर्वमा कुनै अप्रिय घटना नघटुन् भन्ने उद्देश्यका साथ तीन ओटै सुरक्षा निकायको समन्वयमा एकीकृत रुपमा सुरक्षा योजना बनाएर लागु गरिएको उनले बताए।

Arus

चाडपर्वमा हुनसक्ने अपराधिक गतिविधि न्यूनीकरणका लागि जिल्ला सदरमुकाम बागबजारको बसपार्क, स्याउले र भित्रिमधेशस्थित जोगबुडाको लालढुङ्गमा नागरिक सहायता कक्षा स्थापना पनि गरिएको बताइएको छ। चाडपर्व सुरु भएसँगै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.