कञ्चनपुर – कैलालीमा सशस्त्र प्रहरीले एक गाडीसहित १८ लाख बढीको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेडक्वाटर कैलालीबाट खटिएको गस्ती टोलिले एक बोलेरो जिपसहित १८ लाख २२ हजार ९ सय ४० रुपैयाँ बराबारको सामान बरामद गरेको हो ।
जिल्लाका विभिन्न इलाकाबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याई बेवारिसे अवस्थामा रहेको सामान बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेक्वा कैलालीले जनाएको छ । सशस्त्रले नियन्त्रणमा लिएको गाडीसहित किराना सामान, कम्प्युटर पार्टस, लेडिज कपडाहरु आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय त्रिनगर बुझाइएको छ।









Discussion about this post