
कसैलाई हतास भएको खबर सुन्न नपरोस्
जरुरत आभास भएको खबर सुन्न नपरोस्
हाँस्दै बसाउनु बसाउनु पर्छ सपनाको बस्ती
कसैको उठिबास भएको खबर सुन्न नपरोस्


उडोस जिन्दगी जिन्दगीभर स्वतन्त्र भएर नै
व्याधा आसपास भएको खबर सुन्न नपरोस्
मित्र उन्नति गरोस् प्रगति गरोस् शुभकामना
कसैबाट उपहास भएको खबर सुन्न नपरोस्
म दुस्मनको पनि कल्याण होस भन्ने मान्छे
कोहि सत्यानास भएको खबर सुन्न नपरोस्
२०७९/०६/१० घटस्थापना धर्मानन्द भट्ट
