
कर्म बिना यो जीवन अर्थहीन बन्दै जानेछ
सकेजती केर्नु र जीवन रङ्गिन बन्दै जानेछ
एकदिन अवश्य महसुस हुनेछ तिमीलाई नि
अभावमा प्रेमको जीवन मेसिन बन्दै जानेछ ।


संघर्ष नै जीवन रहेछ हार्नु हुदैन अप्ठेरो संग
आउँदो जीवन त्यसैमा तल्लीन बन्दै जानेछ
भाग्यले होइन कर्मले विजयी ध्वज गाडिन्छ
तिम्रै पक्षमा माहोल यो हर-दिन बन्दै जानेछ
जब आफ्नाहरूको घातबाट पराजित हुनेछौ
बल्ल बुझ्दै गर्नु आशंका यकिन बन्दै जानेछ
