सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शेयर बजार आज पनि ओरालो लाग्यो, ३८ अङ्कले घटेर राताम्मे

Far weast coaching ad
65
Sana Kishan

शेयर बजार आज मङ्गलवार पनि घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३८ दशमलव ८१ अङ्कले घटेर एक हजार आठ सय ३६ दशमलव ६० विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर राताम्मे भएकोमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक, उत्पादन र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

Arus
Karnali Traders

नेप्से परिसूचक घटेको दिन दुई सय ३१ वटा कम्पनीको ३८ लाख ५६ हजार कित्ता शेयर एक अर्ब २२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको पाँच करोड ६५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

आज कालिका पावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयर झन्डै चार प्रतिशतभन्दा धेरैले बढेको छ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.