Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

शरीरको प्रतिरोधात्मक क्षमता बढाउन खानुहोस् यी सुपरफूड

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ भाद्र २६, आईतवार २१:३०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मौसम बद्लिएसँगै शरीरमा सानोतिनो समस्या देखापर्छ, रुघा खोकी लाग्न सक्छ । ज्वरो आउन सक्छ । झाडापखला लाग्न सक्छ । यदि त्यसो हो भने तपाईको शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर छ । जब शरीरमा रोग सँग लड्ने क्षमता हुँदैन, तब बाह्य वातावरणले चाडै असर गर्छ । अतः शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि केहि खानेकुरा छन् ।

प्याज

प्याजमा फ्लेवेनाइड्स नामको तत्व सामिल हुन्छ, जसले हाम्रो शरीरको धमनीमा विशाक्त तत्व जम्मा हुन दिदैन । यसले सुन्निने समस्या आउन दिदैन । त्यसैले प्याजको सेवन शरीरको लागि लाभदायक हुन्छ । यसलाई सब्जीमा मिसाएर वा सलादको रुपमा काँचो खान सकिन्छ ।

लसुन

लसुन हाम्रो शरीरमा ब्लड प्रेशर कम गर्छ । यसमा हुने एन्टि क्यान्सर र एन्टिअक्सिडेन्टले शरीरको विषाक्त तत्व बाहिर निकाल्छ । नियमित रुपमा हरेक विहान उठ्नसाथ खाली पेटमा लसुन सेवन गर्नुपर्छ । यसले श्वास नलीको समेत सफाई गर्छ ।

अलसी

अलसीमा ओमेगा ३ फ्याटी एसिड हुन्छ, जसले हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । साथै पेटलाई पनि सफा राख्छ । हरेक विहान आधा चम्चा अलसीको बिज सेवन गर्दा कब्जियतको समस्या रहँदैन ।

कागती

कागतीले एक डिटाक्सीफायरको रुपमा काम गर्छ । नियमित रुपमा हरेक विहान कागती पानी सेवन गर्नुपर्छ, जसले शरीरमा रहेको विषाक्त पदार्थ बाहिर निकाल्छ ।

बन्दा

सब्जी वा सलादको रुपमा बन्दाको सेवन गर्न सकिन्छ । यो स्वादिलो त हुन्छ नै, स्वास्थ्यका लागि लाभदायक पनि । बन्दाले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यसले पाचन नलीलाई पनि सफा बनाउँछ ।

च्याउ

च्याउमा एन्टि अक्सिडेन्ट भरपुर मात्रामा हुन्छ । यसले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ । च्याउमा भिटामिन डि, बि–१, बि–३, बि–५, बि–६ आदि पाइन्छ । यसले हड्डीलाई पनि बलियो बनाउँछ । तौल घटाउन र सुगर लेबल सहि राख्नका लागि च्याउ उपयोगी हुन्छ ।

बेसार

बेसार एन्टि अक्सिडेन्टको राम्रो श्रोत हो । यसले रगत शुद्ध बनाउने काम गर्छ । साथै शरीरको रुप र रंगमा सुधार ल्याउन पनि बेसार उपयोगी हुन्छ । यसले क्यान्सरदेखि अल्जाइमरसम्मका रोगबाट मुक्त गराउने क्षमता राख्छ । बेसारमा रहेको करक्यूमिन नामक तत्वले रगतमा सुगरको स्तर नियन्त्रण गर्छ ।

व्यायाम र स्वस्थ्य दिनचर्या

सन्तुलित खानपानसँगै नियमित व्यायाम, स्वस्थ्य दिनचर्या पनि आवश्यक हुन्छ, रोग प्रतिरोधात्मक क्षमता विकास गर्नका लागि ।

पानी – पर्याप्त मात्रामा पानीको सेवन गर्नुपर्छ । यसले गर्दा मृगौलाको कार्य प्रणाली चुस्त दुरुस्त रहन्छ । शरीरको विषाक्त पदार्थ वाहिर जान्छ । यसले प्रतिरोधात्मक क्षमता बढ्छ ।

निन्द्रा– पर्याप्त निन्द्रा लिनुपर्छ । यदि राम्ररी निन्द्रा पुगेन भने पनि शरीरको रोग सँग लड्ने क्षमता कमजोर हुन्छ । तपाईको शरीर र मस्तिष्कले सहि ढंगले काम गर्नका लागि ६ देखि ८ घण्टाको निन्द्रा आवश्यक छ ।

सरसफाई– रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि वातावरण स्वच्छ हुन आवश्यक छ । किनभने फोहोर मैलाबाट रोगको संक्रमण फैलने भय रहन्छ । त्यसो त वातावरण मात्र होइन आफ्नो लता कपडा, भाँडा बर्तन, ओड्ने ओछ्याउने, पहिरन सबै कुरा सफा हुनु पर्छ ।

के हो रोग प्रतिरोधात्मक तन्त्र

इम्युनिटी सिस्टम एवं रोग प्रतिरोधात्मक तन्त्रले हाम्रो शरीरमा संभावित रोगको संक्रमणबाट रक्षा गर्छ । हरेक जीवित मानिसको शरीरमा रोग प्रतिरोधात्मक तन्त्र नामको यस्तो संयन्त्र हुन्छ, जसले ब्याक्टेरिया, भाइरस आदिबाट शरीरलाई टाढा राख्छ । जब मानिस मर्छ, तब उनको प्रतिरोधात्मक क्षमता पनि नष्ट हुन्छ । अनलाइनखबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ भाद्र २६, आईतवार २१:३०
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७९ भाद्र २६, आईतवार २१:३०
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७९ भाद्र २६, आईतवार २१:३०

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ भाद्र २६, आईतवार २१:३०
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७९ भाद्र २६, आईतवार २१:३०
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ भाद्र २६, आईतवार २१:३०
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७९ भाद्र २६, आईतवार २१:३०
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७९ भाद्र २६, आईतवार २१:३०
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७९ भाद्र २६, आईतवार २१:३०

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व