Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दुब्लो–पातलो भएर जो हैरान छन्, तौल बढाउने कसरी ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २२, २०७९
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

मान्छेहरु तनावमा छन्, मोटोपन बढ्यो भनेर । त्यसैले मोटोपन घटाउने अनेक सूत्रको खोजी हुने गर्छ । तर पुट्ट पेट वा मोटोपनका कारण जति मान्छेहरु चिन्तित छन्, त्यो भन्दा कम छैन दुब्लो–पातलोको जमात पनि ।

साथीभाइले ठट्टामै कटाक्ष गर्छन्, ‘हावा चलेको बेला गोजीमा ढुंगा राख्नु है ।’ आमाबुवा भन्छन्, ‘जति खाए पनि नलाग्ने ज्यान । खानेबेला घरबाहिर निकालेको जस्तो ।’

दुब्लो–पातलो ज्यान भएपछि लुगाफाटो पनि नमिल्ने । शरीर सुहाउँदिलो नदेखिने । तर दुब्लो पातलो हुनुको दुःख त्यति मात्र छैन । चिकित्सक पनि अस्वभाविक दुब्लोपनलाई राम्रो मान्दैनन् । किनभने उचाइ अनुरुप मान्छेको आदर्श तौल तय गरिएको हुन्छ, जसको सही अनुपात नै स्वस्थ शरीरको सूचक हो । तर अस्वभाविक दुब्लोपन मान्छेको स्वास्थमा कुनै गडबडी पो छ कि भनेर संशय जन्माइदिन्छ ।

खानपानको मात्रा बढाउनेदेखि औषधिको सेवन गर्ने समेत छन्, शरीरको तौल बढाउनका लागि । तर अपेक्षाकृत उनीहरुको तौल बढ्दैन । शरीर ज्यूँका त्यूँ हुन्छ । आखिर के कारणले यस्तो हुन्छ ? यसको समाधान के हो ?

दुब्लो पातलो व्यक्तिले शरीरको तौल बढाउन सन्तुलित दिनचर्या, खानपान र व्यायाममा ध्यान दिनुपर्छ । र, सबैभन्दा महत्वपूर्ण डाइट प्लान बनाउनुपर्छ ।

यसका लागि स्वस्थ क्यालोरीयुक्त खाना दिनको पाँच पटक खानुपर्छ । सकेसम्म जंकफुड, फास्टफुड, कोल्ड ड्रिंक नखाने । यस्तो खाना खाएपछि पेट त भरिन्छ, तर शरीरलाई जरुरी पोषण प्राप्त हुँदैन । यी खानेकुरासँगै दैनिक पाँच लिटर पानी पिउनु उचित हुन्छ ।

बिहानको नास्ता, खाना, फेरि नास्ता, साँझको खाना आदिमा सन्तुलन मिलाउन जरुरी हुन्छ ।

बिहानको नास्ता

बिहान नास्ता अनिवार्य गरौं । नास्तामा मौसमी फलफूल समावेश गर्नुपर्छ । यससँगै एक गिलास दूध पिउने गरौं । दूध खान मन नभए उसिनेको अण्डा खाए पनि हुन्छ । त्यससँगै ओट्स, सातु, सुख्खा रोटी, कर्नफ्लेक्स, गेडागुडीको झोलमध्ये कुनै एक खानुपर्छ ।

बिहानको खाना

बिहानको खाना सामान्य नेपाली दालभात नै उचित हुन्छ । सकेसम्म खानामा दालभातका अतिरिक्त तरकारी, साग, सलाद र माछामासु समावेश गर्ने ।

दिउँसोको नास्ता

दिउँसोको नास्तामा दही, फलफूल, गेडागुडी, मुंग दाल, हलुवा वा खीर बनाएर खानुपर्छ । यदि कार्यव्यस्तताले नास्ता खान नपाउनेले बदाम, काजु, किसमिस बोकेर हिंड्नुपर्छ ।

साँझ ५ बजे पनि यस्तै नास्ता गर्न सकिन्छ ।

रातको खाना

रातको खाना दिउँसोको खाना जस्तै दाल, भात खाए हुन्छ । त्यसैगरी रोटी, तरकारी, सलाद पनि उपयुक्त हुन्छ । तर दिउँसोको खानाभन्दा मात्रा केही घटाउनुपर्छ ।

के टन्न खाएर मात्र तौल बढ्छ ?

धेरै खानेकुरा खाँदैमा तौल बढ्छ भन्ने चाहिं छैन । खासमा तौल बढाउनु भनेको शरीरमा मांसपेशी बढाउनु हो । यसका लागि शरीरलाई पौष्टिक आहारको जरुरी हुन्छ । शरीरलाई शक्ति प्रदान गर्ने कार्बोहाइड्रेटसँगै प्रोटिन र फ्याटयुक्त खानेकुरा खानुपर्छ । भातभन्दा बढी दाल, तरकारी, सलाद खानु उचित हो । यस किसिमको खानपानले सही ढाँचाले शरीरको तौल बढ्छ ।

मोटाउनका लागि क्यालोरीको मात्रा बढाउनुपर्छ । तर यसको मात्रा जथाभावी हुनुहुँदैन । धेरै क्यालोरी खाँदा मधुमेह हुने, हृदयरोग लाग्ने सम्भावना हुन्छ । सारमा भन्नुपर्दा सन्तुलित, ताजा र स्वस्थ खानेकुरा खानुपर्छ । खानामा सागपात, माछामासु, दाल, गेडागुडी समावेश हुनुपर्छ ।

व्यायाम पनि जरुरी

मान्छेहरु तौल घटाउनका लागि व्यायाम गर्छन् । जबकि तौल बढाउन पनि व्यायाम जरुरी हुन्छ । व्यायाम किनभने, हामीले खाएको खानेकुरा शरीरले पचाउनुपर्छ । अतः व्यायामले पाचन क्रिया बलियो बनाउँछ । समुचित व्यायामले मेटाबोलिक दर सन्तुलनमा राख्छ ।

किन हुन्छ दुब्लोपन ?

दुब्लो पातलो हुनुमा वंशाणुगत कारण पनि हुन्छ । आमाबुवा दुब्लो भए छोराछोरी स्वभाविक रुपमा दुब्लो पातलो हुने गर्छ । त्यसैगरी गर्भावस्थामा समय नपुग्दै जन्मने बच्चाहरु पनि दुब्लो हुने गर्छ । गर्भावस्थामा आमाले पर्याप्त पोषकतत्व खाएका छ्रैनन् भने पनि गर्भका बच्चा कुपोषित हुन्छन् ।

कतिपयको मेटाबोलिज्म उच्च हुन्छ तर शरीरमा त्यस अनुसारको क्यालोरी पुगिरहेको हुँदैन । यस्तो स्थितिमा दुब्लाउने गर्छन् । हर्मोनल गडबडले गर्दा जति खाए पनि दुब्लोको दुब्लै हुने समस्या पनि हुन्छ । कतिपय अवस्थामा थाइराइडले पनि दुब्लोपनको समस्या निम्त्याइरहेको हुन्छ ।

के हुन्छ असर ?

धेरै दुब्लो पातलो हुँदा शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । उनीहरुले जति क्यालोरी लिन्छन्, त्यति नै खपत भइरहेको छ भने वा सञ्चित हुन पाउँदैनन् भने उनीहरुलाई चाँडै रोगले गाँज्न सक्छ । खासगरी सरुवा रोगको जोखिम बढी हुन्छ ।

कति हुनुपर्छ तौल ?

मान्छेको तौल उचाइ अनुसार कति हुनुपर्छ भन्ने बडी मास इन्डेक्स (बीएमआई)ले जनाउँछ । १८ दशमल ५ देखि २५ सम्मको बडी मास इन्डेक्सलाई सामान्य मानिन्छ । २५ देखि २९ दशमलव ९ सम्मलाई मोटोपन भएको मानिन्छ ।

यस्तै, ३० देखिमाथि देखिएमा अत्यधिक तौल बढेको मानिन्छ ।

यता, विश्व स्वास्थ्य संगठनले भने दक्षिण एसियाको खानपान र जीवनशैलीको आधारमा १८ दशमलव ५ देखि २२ दशमलव ९ सम्म सामान्य तौल भएको र २३ भन्दा बढी बीएमआई भएको व्यक्तिको तौल बढी हुने उल्लेख छ । यद्यपि जिम गर्ने र गर्भवतीमा भने तौल घटबढ हुने हुँदा बीएमआई लागु हुँदैन ।

मोटोपन बढाउने औषधि खानु कति उचित ?

बजारमा अनेक किसिममा औषधि छन्, तौल बढाउने । ती औषधिले भोक जगाउने हुन्छ, जसकारण शरीरले खानेकुरा बढी माग्छ । तौल बढाउने औषधिले तौल वृद्धि त गर्न सकिएला, तर त्यसको साइड इफेक्ट पनि हुन सक्छ ।

औषधि खानु भन्दा दुब्लोपनको पहिचान गरी सही समाधान खोज्नु उचित हो ।

मेडिकल टुडेका अनुसार दुब्लोपन हुँदा धेरै स्वास्थ्य समस्याको सामाना गर्नुपर्छ । यसको प्रमुख कारण कम वजन भएको व्यक्तिले कम आहार खानु हुन सक्छ, जसले कुपोषण निम्त्याउन सक्छ । उदाहरणको लागि भिटामिन डीको कमीले हड्डीमा नकारात्मक असर पार्न सक्छ । क्यालरीको कमी हुँदा थकान बढी हुने, कपाल र छालामा समस्या आउने वाकवाकी लाग्ने जस्ता समस्या हुन्छन् । अनलाइन खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्तमा सामुदायिक विपद् व्यवस्थापन समितिलाई अभिमुखीकरण, विपद् पूर्वतयारीका सामग्री वितरण

भीमदत्तमा सामुदायिक विपद् व्यवस्थापन समितिलाई अभिमुखीकरण, विपद् पूर्वतयारीका सामग्री वितरण

असार १४, २०८३
लेखक तथा अध्येता रमेश रुछेन राई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट सम्मानित

लेखक तथा अध्येता रमेश रुछेन राई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट सम्मानित

असार १४, २०८३
पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १६० विद्यार्थी सम्मानित

पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १६० विद्यार्थी सम्मानित

असार १४, २०८३
आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट बहुमतले पारित

आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट बहुमतले पारित

असार १४, २०८३
विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा भोलि बिहान दक्षिण अफ्रिका र क्यानडा भिड्दै

विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा भोलि बिहान दक्षिण अफ्रिका र क्यानडा भिड्दै

असार १४, २०८३
आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

असार १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व