Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मनोमानी सिटामोल खाँदा के हुन्छ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २१, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

टाउको दुख्यो, ज्वरो आयो, जोर्नी दुख्यो, आलस्य भयो के गर्ने ? हामीसँग यसको झटपट उपाय छ, सिटामोल खाइदिने ।

अर्थात् सामान्य बिसञ्चो हुनासाथ हामी सिटामोल चपाइदिन्छौं । न चिकित्सकलाई सोध्नुपर्ने, न कुनै मापदण्ड पालना गर्नुपर्ने । के सिटामोल चकलेट जस्तै मनोमानी खान मिल्छ ? खासमा कस्तो अवस्थामा सिटामोल खान सकिन्छ ? यसले के काम गर्छ ? कुन समयमा खानुपर्छ ? कति मात्रामा खानुपर्छ ? यसका कुनै साइड इफेक्ट छ वा छैन ?

जनरल फिजिसियन डा. सुनिल अधिकारी भन्छन्, ‘सिटामोलको लागि चिकित्सकको प्रेसकिप्सन नै लिनुपर्छ भन्ने त छैन । तर जथाभावी वा लगातार खानु हानिकारक हुन्छ ।’

सामान्य ज्वरो आउँदा, मांसपेशी दुख्दा सिटामोल खान सकिने उनको भनाइ छ । ‘सकेसम्म चिकित्सकको सल्लाह लिएर खानु उचित हो,’ डा. अधिकारी भन्छन्, ‘किनभने आफूखुसी खाइरहँदा त्यसले दीर्घकालीन असर गर्न सक्छ ।’

अन्तर्राष्ट्रिय जर्नल सर्कुलेसनमा जनाइएअनुसार पारासिटामोलको अधिक सेवनले उच्च रक्तचापको समस्या बढाउने र दीर्घकालीन रूपमा मुटुसम्बन्धी रोग निम्तिन सक्छ । यसको सामान्य प्रयोगमा कुनै साइड इफेक्ट नदेखिए पनि लामो समयसम्म यसको निरन्तर प्रयोगले गम्भीर समस्या निम्त्याउन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् ।

चिकित्सकका अनुसार ज्वरो आएको बेला शरीरको तापक्रम कम गर्न वा ज्वरोको असर कम गर्न सिटामोल खान सकिन्छ । त्यस्तै शरीरको कुनै भाग दुखेको छ भने पनि सिटामोल खान सकिन्छ । नेसनल न्युरो सेन्टरका स्नायुरोग विशेषज्ञ डा. सुमन भट्टराई भन्छन्, ‘तुलनात्मक रुपमा यसको साइड इफेक्ट कम छ । त्यही कारण पनि बेलाबखत खान सकिन्छ । तर नियमित खानु ठीक होइन ।’

आफूखुसी सिटामोल खाइरहँदा त्यसको मात्रा कति हो, कुन बेला खाने हो, कसरी खाने हो भन्ने जस्ता कुरामा जानकारी हुँदैन । ‘त्यसैले औषधि पसलले पनि यस्तो औषधि बिक्री गर्दा त्यसको मात्रा, प्रयोग तरिका सबै विस्तारमा बताउन जरुरी हुन्छ,’ डा. भट्टराई भन्छन्, ‘साथै यस्ता औषधि बिरामीले जति माग्छन्, त्यति दिने होइन ।’

कस्तो अवस्थामा खाने ?

यो औषधि घरमै राखेर खान मिल्ने औषधि पारासिटामोल नै हो । तर एकोहोरो वा जथाभावी रुपमा भने सिटामोल खान नहुने चिकित्सकहरु बताउँछन् । यदि दैनिक रुपमा सिटामोल खान परेमा चिकित्सकको सल्लाह लिनैपर्ने डा. अधिकारी बताउँछन् । यदि लगातार रुपमा सिटामोल खाएमा त्यसले कलेजोमा हानि गर्ने बताइन्छ ।

सामान्यतः मान्छेले ज्वरो आएमा सिटामोल खाने गर्छन् । कहिलेकाहीं हल्का ज्वरो आउँदा सिटामोल खान हुन्छ । तर लगातार तीन दिनसम्म ज्वरो आएमा वा जीउ दुखिरहेमा नियमित स्वास्थ्य परीक्षण नै गराउनुपर्ने हुन्छ । यस्तो अवस्थामा नियमित सिटामोल खानु नहुने डा. भट्टराई बताउँछन् ।

के यसले हानि गर्छ ?

सिटामोलको साइड इफेक्ट तुलनात्मक रुपमा कम हुने चिकित्सकहरुको भनाइ छ । यद्यपि कतिपय रोग भएको अवस्थामा सिटामोल खान हुँदैन । कलेजोको बिरामीले सकेसम्म कम मात्रामा सिटामोल खानुपर्ने चिकित्सकको सुझाव छ । यसैगरी गर्भवती महिलाले जथाभावी सिटामोल खानु हुँदैन ।

कति खाने ?

अमेरिकी मापदण्ड अनुसार ३२५ मिलीग्रामदेखि ६५० मिलीग्रामसम्मको सिटामोलको डोज ४ देखि ६ घण्टाको अवधिमा दिन सकिन्छ । निर्देशिका अनुसार ५०० मिलीग्राम पारासिटामोल ज्वरो आएको ६ घण्टापछि मात्र खानुपर्छ ।

साना बालबालिकालाई पारासिटामोल खुवाउँदा निकै सावधानी अपनाउनुपर्छ । यदि बच्चालाई ज्वरो आएको छ र एक महिना भन्दा कम उमेरको छ भने प्रतिकेजी वजनको १० देखि १५ मिलीग्राम पारासिटामोल ४ देखि ६ घण्टाको अन्तरालमा दिइन्छ । १२ वर्षसम्मका बच्चालाई ६ देखि ८ घण्टाको अन्तरालमा सोही मात्रा दिनुपर्छ ।

डा. भट्टराईका अनुसार ५०० एमजीको सिटामोल ४–५ घण्टाको अन्तरमा सामान्य दुखाइ र ज्वरो आउने बिरामीले खान सक्छन्, तर औषधि खाँदा केही खाएर मात्र खाएको राम्रो हुन्छ । खालीपेटमा खाँदा ग्यास्ट्रिक हुन सक्ने सम्भावना बढी हुने उनी बताउँछन् ।

के हो पारासिटामोल ?

ड्रग्स डटकमका अनुसार पारासिटामोल एक एनाल्जेसिक र एन्टिपाइरेटिक औषधि हो, जुन अस्थायी रूपमा हल्कादेखि मध्यम दुखाइ र ज्वरो कम गर्न प्रयोग गरिन्छ । पारासिटामोल ठ्याक्कै एसिटामिनोफेन (टाइलेनोल) जस्तै औषधि हो ।

पारासिटामोल अन्तर्राष्ट्रिय गैरप्रोप्राइटरी नेम (आईएनएन) जेनेरिक नाम प्रणाली प्रयोग गरी तोकिएको औषधिको नाम हो । पारासिटामोल युरोप, अस्ट्रेलिया, न्युजिल्याण्ड, नेपाल र भारत जस्ता देशमा औषधिको लागि प्रयोग हुने नाम हो । सिटामोललाई अमेरिका, क्यानडा र जापानमा एसिटामिनोफेन भन्ने गरिन्छ ।

कुनै पनि औषधि आफूखुसी खान हुँदैन

यस्ता थुप्रै औषधि हुन्छन्, जो औषधि पसलमा गएपछि सजिलै किन्न पाइन्छ । अर्थात् यस्तो औषधिका लागि चिकित्सकको प्रेस्क्रिप्सन खोजिंदैन । जस्तो, झाडापखाला लागेको बेला मान्छेले मेट्रोन किनेर खान्छन्, रुघाखोकी लागेमा कफ सिरफ किनेर खाइदिन्छन् । तर यसरी खाँदा कति मात्रामा कसरी खाने भन्ने जानकारी हुँदैन । यही कारण यी औषधिहरुले नराम्रो असर पनि गर्न सक्ने चिकित्सक बताउँछन् । मनिषा थापाले अनलाइन खबरमा लेखेका छन्।।

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वीरेन्द्रको जन्मदिनमा दाजुभाइको उदाहरणीय सहयोग, बाढीपीडितका लागि ३६ हजार ५ सय ५५

वीरेन्द्रको जन्मदिनमा दाजुभाइको उदाहरणीय सहयोग, बाढीपीडितका लागि ३६ हजार ५ सय ५५

भदौ १३, २०८३
सातै प्रदेशमा बर्न उपचार केन्द्र स्थापना गर्न प्रधानमन्त्री शाहको निर्देशन

प्रधानमन्त्रीले भनेः प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि पहल भइसकेको छ

भदौ १३, २०८३
चीनले भन्यो – ‘बाढीको जोखिम कायमै छ, उच्च सावधानी अपनाउनू’

चीनले भन्यो – ‘बाढीको जोखिम कायमै छ, उच्च सावधानी अपनाउनू’

भदौ १३, २०८३
भाद्र कृष्ण प्रतिपदाः आज गाईजात्रा पर्व मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आज गाईजात्रा पर्व मनाइँदै

भदौ १३, २०८३
एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

भदौ १२, २०८३
‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

भदौ १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व