सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

तितेकरेला खानुको फाईदा !!

हाम्रो भान्साघरमामा पक्ने तरकारी मध्ये तितेकरेला पनि एक हो । यसको स्वाद तितो हुन्छ । तितो भएको कारणले घरमा तितेकरेला पाक्दा हामी धेरैको मुख खुम्चिने गर्दछ । प्राय जसो यो तरकारी धेरैको रोजाईमा नपर्न सक्छ । खाँदा तीतो भए पनि करेला स्वास्थ्यको दृष्टिकोणले अति लाभदायक छ । आज हामी तितो करेला खानुको फाईदाबारे बताउने छौं ।

Sana Kishan

– शरीरमा कफ जम्मा भएमा करेला खानुपर्छ । करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सघाउ पुर्याउँछ । – करेलाले पाचनशक्ति बलियो बनाउँछ र भोक जगाउँछ । – करेला शितल खाद्य भएकाले गर्मी याममा करेला खाने गर्नु लाभदायक हुन्छ । – दमको समस्या भएकाहरूले मसला नहालीकन पकाएको करेलाको तरकारी खानु राम्रो हुन्छ ।– पक्षघात भएकाहरूलाई काँचो करेला खुवाउँदा सुधारका संकेत देखा परेका उदाहरण पनि छन् ।– बान्ता, हैजा आदि भएमा करेलाको रसमा थोरै पानी र कालो नुन छरेर खाने गरेमा तुरुन्त लाभ मिल्छ ।– कलेजोसम्बन्धी समस्या भएकाहरूका लागि पनि करेलाको तरकारी ज्यादै उपयोगी हुन्छ ।– डायबेटिजको समस्या भएकाहरूका लागि करेलाको तरकारी उत्तम मानिन्छ । यसले शरीरमा चिनीको मात्रालाई नियन्त्रित गर्छ ।– करेला खाने गर्नाले रगत सफा हुन्छ । रगतमा हेमोग्लोबिनको मात्रा बढाउनका लागि पनि करेला खाने गर्नुपर्छ । – बाथ रोग भएमा अथवा हातखुट्टा पोल्ने गरेमा काँचो करेलाको झोलले मालिस गरेमा फाइदा पुग्छ । मकालु खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close