कैलाली स्थित मोहना नदीले खतराको तह पार गरेको छ । खतराको तह पार गरेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन भनिएको छ ।
आइतबार साँझदेखि परिरहेक वर्षापछि नदीमा खतराको सतह पार गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । खतराको तह पार गरेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन भनिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले मोहना नदीको तह अहिले ३.१५ मिटर पुगेको जानकारी दिए । उनले ३.० मिटरलाई सचेत लेबल, ३.६ मिटर पुगे खतराको संकेत मानिने मोहनानदीमा अहिले ३.१५ मिटर पुगेको बताए ।

नदीमा पानीको सतह खतरा भन्दा धेरै माथि पुगिसकेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । गोदावरी न्युज बाट सभार
