सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डोटी र डडेल्धुरामा ट्रायल सेन्टर उद्दघाटन

डडेल्धुरा र डोटीमा सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि प्रयोगात्मक परीक्षा अर्थात ट्रायल सुरु भएको छ । दुबै जिल्लामा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रयोगात्मक परीक्षाको उद्धाटन गरेका हुन् । शनिबार बिहान डोटी जिल्लामा प्रयोगात्मक परीक्षाको उद्धाटन गरेका मुख्यमन्त्री भट्टले दिउसो डडेल्धुरामा ट्रायल उद्धाटन गरेका हुन् ।

Sana Kishan

नेपालमा सबैभन्दा बढी सवारी दुर्घटनाबाटै नागरिकले ज्यान गुमाइरहेको बताउँदै कार्यक्रममा मुख्यमन्त्री भट्टले लाइसेन्स प्राप्त गर्नु मात्रै ठुलो कुरा नभएर सवारी चालकले सुरक्षित भएर सवारी साधन चलाउन आवश्यक रहेको बताए । प्रदेश सरकार आएपछि डोटी र डडेल्धुराबाट लाइसेन्स जारी गर्ने कार्यको पनि सुरुवात गरिएको उनले बताए ।

साउन अन्तिम साता लाइसेन्सको लिखित परीक्षा सञ्चालन गरेका यातायात व्यवस्था कार्यालय डडेल्धुरा र डोटीले शनिबार ट्रायल उद्धाटन गरेका हुन् । यातायात व्यवस्था कार्यालय डडेल्धुराका कार्यालय प्रमुख मेखराज उपाध्यायले पहिलो दिन ट्रायल दिएका सबै जना प्रयोगात्मक परीक्षामा उत्तिर्ण भएको बताए । सगुन खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.