Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भविष्यको चिन्ताले डिप्रेसनको सिकार त भइरहेका छैनन् किशोरकिशोरी ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ११, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

किशोर उमेर चञ्चल र बिन्दास हुन्छ । यो बेला गम्भीर विषयमा खास ध्यान जाँदैन, तर यही उमेर आफ्नो भविष्यको विषयमा सोच्ने सुरुवाती बिन्दु भने हो । किशोरकिशोरीले भविष्यको विषयमा सोच्नु सामान्य हो । तर जब भविष्यको सोचमा मात्रै धेरै मन जाँदा मानसिक तथा शारीरिक समस्या निम्तिन सक्छन् ।

एक अध्ययन अनुसार पछिल्लो समय किशोरकिशोरीहरु डिप्रेसनको बढ्दो जोखिममा परेको देखिएको छ । हार्वड मेडिकल स्कुलले गरेको एक अध्ययन रिपोर्टले यसको मुख्य कारण सामाजिक सञ्जालको बढ्दो प्रभाव रहेको उल्लेख गरेको छ ।

मनोविदहरुका अनुसार किशोरकिशोरीहरु जब भविष्यलाई लिएर बढी सोच्न थाल्छन्, तब त्यो चिन्तामा परिणत हुन्छ । जसले टाउको दुख्ने, शरीर दुख्ने, हरेक स–साना कुराको बारेमा ६ महिनासम्म लगातार विचार आइरहने जस्ता समस्या आउँछन् । यस्तो लक्षण देखिएमा यसलाई जेनरलाइजड एनजाइटी डिसअडर (जीएडी)को रुप लिन्छ । तर यो डिप्रेसन जस्तै देखिने लक्षण डिप्रेसन भने होइन । डिप्रेसन र जीएडी बीचको भिन्नता छ ।

डिप्रेसनको सिकार भएका व्यक्तिले कम्तिमा दुई हप्तासम्म धेरैजसो समय निराश महसुस गर्छ । डिप्रेसनबाट ग्रसित व्यक्ति विगतमा गरेका कामबाट चिन्तित हुन्छन्, विगतमा भएका गल्तीका लागि उनी आफैंलाई दोष दिन्छन् । मुख्यतया उनीहरुको ध्यान नकारात्मक कुरामा केन्द्रित हुन्छ ।

डिप्रेसनको लक्षण

डिप्रेसन एक मुड डिसअर्डर हो । यसमा व्यक्ति मुख्यतया डिप्रेसन वा कतिपय अवस्थामा चिडचिडा हुने गर्छन् । लगातार खराब मुडको कारण व्यक्ति सामान्य दिनको तुलनामा कम ऊर्जावान् महसुस गर्न थाल्छ । उसले पहिले रमाइलो गर्ने चीजमा आनन्द पाउन संघर्ष गर्छ । आत्मविश्वास र एकाग्रता प्रमुख रूपमा घट्न थाल्छ ।

निन्द्रा र भोकमा पनि परिवर्तन आउँछ । उसले आफू र भविष्यप्रति नकारात्मक दृष्टिकोण राख्न थाल्छ ।

निराशा मात्र अनुभव गर्ने गम्भीर अवस्थामा व्यक्तिमा आत्महत्या गर्ने विचार हुन सक्छ किनभने उसलाई जीवनमा कुनै आशा देख्दैन ।

डिप्रेसन पहिचानका लागि गर्नुपर्ने परीक्षण

रगत वा रेडियोलोजिकल परीक्षणबाट डिप्रेसनको निदान गर्न सकिंदैन । यो क्लिनिकल परीक्षणमार्फत मात्र थाहा पाउन सकिन्छ । डिप्रेसन धेरै कारणले हुन सक्छ । घाँटीमा पाइने थाइराइड ग्रन्थी र हाइपोथाइराइडिज्मले पनि डिप्रेसन निम्त्याउन सक्छ । यसमा थाइराइडको स्तर घट्छ, जसकारण डिप्रेसन हुनु सामान्य कुरा हो ।

यसकारण जब डिप्रेसनको अनुभव भएको छ भने थाइराइड ग्रन्थी डिसफक्सन पहिचान गर्न टीएफटी (थाइरोइड कार्य परीक्षण) गराउन सक्नुहुन्छ । भिटामिन बी–१२ को कमी शाकाहारीहरूमा बढी हुन्छ, जसले पनि डिप्रेसन निम्त्याउन सक्छ । त्यसैले यसको परीक्षण पनि गर्न सकिन्छ ।

डिप्रेसनबाट बाहिर आउँदा पनि नकारात्मक विचार किन आउँछ ?

यो डिप्रेसनबाट निको भएका बिरामीहरूमा देखिने धेरै सामान्य समस्या हो । यसका धेरै कारण हुन सक्छन्, सबैभन्दा पहिले नकारात्मक सोच आउने कुरा भविष्यको बारेमा हो वा भविष्यमा हुने चीजहरुको नतिजाको बारेमा आउने नकारात्मक कुराले हो भन्ने कुरा स्पष्ट बुझ्न जरुरी छ । यी कुराले हो भने यो चिन्ता विकार जीएडीको संकेत हो, जुन डिप्रेसनको भन्दा फरक छ । मानिसमा डिप्रेसन र जीएडी सँगसँगै हुन सक्छ । तर दुवैको उपचार भने फरक छ ।

यदि कुनै व्यक्तिमा आफ्नो र आफ्नो कार्यको बारेमा नकारात्मक विचार छ भने यसले डिप्रेसन निम्त्याउन सक्छ । यो खासमा एक रासायनिक असन्तुलनका कारणले हुने मनोविद् बताउँछन् । व्यक्तिको व्यक्तित्व वा भित्री शक्तिको यसमा कुनै सम्बन्ध हुँदैन ।

डिप्रेसन जो कसैलाई पनि हुन सक्छ । कहिलेकाहीं डिप्रेसनबाट निको भएका बिरामीहरू आफैंलाई दोष दिन्छन् । यसले उनीहरूको आत्मविश्वासलाई कमजोर बनाउँछ, जसले नकारात्मकता बढाउँछ । त्यसैले तिनीहरूले अवसादको लागि आफूलाई दोष दिनु हुँदैन भनेर बुझ्न आवश्यक छ । यो कसैको कमजोरीको प्रतिबिम्ब होइन ।

नकारात्मक विचार आइरहनु डिप्रेसन हो ?

नकारात्मक विचार, कम निद्रा, भोक र चिन्ता डिप्रेसनका सामान्य लक्षण हुन् । धेरैजसो डिप्रेसन भएका व्यक्ति निद्रा र भोकको धेरै महसुस गर्छन् । धेरै निद्रा लाग्नु र धेरै भोक लाग्नु दुवै डिप्रेसनका लक्षण भएको मनोविद् बताउँछन् ।

रजोनिवृत्तिले पनि डिप्रेसन

रजोनिवृत्ति शारीरिक र भावनात्मक रूपमा ठूलो हर्मोनल परिवर्तन आउँदा हुने गर्छ । हार्ट फ्लस, निद्राको कमी, मुड स्विङ र धेरै अवस्थामा डिप्रेसनको अनुभव हुन सक्छ । त्यसैले रजोनिवृत्तिले महिलामा डिप्रेसनको सम्भावना बढाउँछ । पुरुषको तुलनामा महिलामा डिप्रेसन हुने सम्भावना दोब्बर हुन्छ । हर्मोनल रिप्लेसमेन्ट थेरापी वा गर्भनिरोधकहरूको अतिरिक्त, एन्टी डिप्रेसन्टहरू प्रभावकारी हुन सक्छन् ।

औषधिको साइड इफेक्ट

औषधिको अनावश्यक सेवनले पनि डिप्रेसन गराउन सक्छ । सामान्य औषधि जस्तै, बिटा ब्लकर जुन उच्च रक्तचाप, माइग्रेन र कम्पन नियन्त्रणका लागि प्रयोग गर्न सकिन्छ । यसको लामो समयसम्म प्रयोग गर्दा डिप्रेसन निम्त्याउन सक्छ । यसको समाधान औषधि प्रयोग बन्द गर्नु नै हो ।

डिप्रेसनको औषधि जीवनभर खानुपर्छ ?

डिप्रेसनको उपचारमा औषधि महत्वपूर्ण हुन्छ । डिप्रेसनको पहिलो चरणमा पूर्ण निको भइसकेपछि १२ महिनासम्म एन्टी डिप्रेसेन्ट लिनुपर्छ । डिप्रेसनका कारण आत्महत्या गर्ने जस्तो सोच आइरहन्छ भने कम्तीमा पाँच वर्ष औषधि सेवन गर्न चिकित्सकहरुले सल्लाह दिने गर्दछन् ।अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्तमा सामुदायिक विपद् व्यवस्थापन समितिलाई अभिमुखीकरण, विपद् पूर्वतयारीका सामग्री वितरण

भीमदत्तमा सामुदायिक विपद् व्यवस्थापन समितिलाई अभिमुखीकरण, विपद् पूर्वतयारीका सामग्री वितरण

असार १४, २०८३
लेखक तथा अध्येता रमेश रुछेन राई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट सम्मानित

लेखक तथा अध्येता रमेश रुछेन राई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट सम्मानित

असार १४, २०८३
पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १६० विद्यार्थी सम्मानित

पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १६० विद्यार्थी सम्मानित

असार १४, २०८३
आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट बहुमतले पारित

आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट बहुमतले पारित

असार १४, २०८३
विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा भोलि बिहान दक्षिण अफ्रिका र क्यानडा भिड्दै

विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा भोलि बिहान दक्षिण अफ्रिका र क्यानडा भिड्दै

असार १४, २०८३
आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

असार १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व