सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको अवसरमा डडेल्धुरामा ‘राष्ट्रिय गौरा महोत्सव ’हुने भएको छ। राधाकृष्ण मन्दिर विकास समितिको आयोजनामा राष्ट्रिय गौरा महोत्सव हुने भएको हो।
मन्दिर विकास समितिका अध्यक्ष देवराज भट्टका अनुसार यहि २१ भदौ देखि २४ भदौ सम्म जिल्ला सदरमुकामको बसपार्कमा महोत्सव आयोजना हुने भएको हो। स्थानीय कला संस्कृतिको सम्मान तथा युवापिँढीमा हस्तान्तरण होस् भन्ने महोत्सवको उद्देश्य रहेको राधाकृष्ण मन्दिर विकास समितिका अध्यक्ष भट्टले बताए।
महोत्सवमा गौरा नाच, वालो नाच, चैत, धुमारी, फाग, घुईचम्फा, हुड्केली, महिला तथा पुरुष डेउडा लगायतका सांस्कृतिक कार्यक्रमहरू हुने छन्। गोदावरी न्युज बाट सभार







Discussion about this post