Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भातभन्दा रोटी खाँदा तौल कम बढ्छ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ४, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

भात र रोटी हाम्रो आहारको महत्त्वपूर्ण हिस्सा हो । यी दुईबीचको युद्ध निकै पुरानो हो । भात र रोटीमा कुन राम्रो भन्ने बहस लामो समयदेखि हुँदै आएको छ । हामीले जुनसुकै खानेकुरा खान्छौँ त्यसबाट ऊर्जा प्राप्त हुन्छ । तर तौल घटाउन चाहनेहरूले तौल घटाउन विभिन्न उपाय अपनाउने गर्छन् । धेरैले क्यालोरी नियन्त्रण गर्ने पनि गरेका हुन्छन् । यस्तोमा कतिपय मानिस तौल घटाउन रोटी वा भातमा के खाने र के नखाने भन्ने दुविधामा रहन्छन् । धेरैले तौल घटाउने प्रयास गर्दै गर्दा अन्न खान छोड्छन् । यसो गर्नु ठीक होइन, किनभने खाना खान पुनः सुरु गर्दा तौल पहिलेको भन्दा पनि बढ्छ । भात वा रोटी के खाने भन्ने विषयमा भारतकी डाइटिशियन स्वाति विष्णोईले जानकारी दिइरहेकी छिन् ।

भात खाएपछि हल्का महसुस हुन्छ

स्वातिका अनुसार यी दुईमध्ये के खाने भनेर व्यक्ति पिच्छे फरक हुनसक्छ । तपाईले शरीरको प्रतिक्रिया हेरेर कुन कुराले बढी ऊर्जा दियो र तपाईंले हल्का महसुस गर्नुभयो भन्ने निर्धारण गर्नुपर्छ । कतिपयलाई भात खाएपछि पनि भोक लाग्छ, किनभने रोटीले जस्तै भातले भोक नमेटाएको उनीहरुलाई भान हुन्छ । कतिपय मानिस भात खाएर बढी सन्तुष्ट हुन्छन् ।

धेरै खानु हानिकारक

कुनै पनि चिज धेरै खाँदा तौल बढ्छ । आहारविज्ञ स्वातिका अनुसार यसमा भात वा रोटीको गल्ती होइन, तपाईंको खाने शैली गलत हुन सक्छ । कुनै पनि खानेकुरा धेरै खानु हानिकारक हुन्छ ।

सागसब्जी समावेश गर्नुहोस्

भात खाँदा पेट भरिँदैन भन्ने महसुस भएमा भातसँगै तरकारी वा दालको मात्रा अलिकति बढाउनुपर्छ । यसबाट तपाईलाई पोषण पनि मिल्नेछ र तपाईको पेट पनि भरिनेछ र तपाईको तौल पनि धेरै बढ्ने छैन ।

एसिडिटीको समस्या

रोटी खाँदा पनि पाचन प्रक्रियामा समस्या उत्पन्न हुन्छ किनभने रोटीले बढी ग्यास उत्पादन गर्छ । त्यसैले पनि रोटी खाँदा तौल कम गर्न सकिन्छ भन्ने महसुस हुन्छ । वास्तवमा रोटी कम खाँदा पनि पेट भरिएको महसुस हुन्छ र यसले तपाईंको तौल भातको तुलनामा कम बढाउने गर्छ ।

रोटीमा सोडियम उच्च हुन्छ

भात र रोटीमा खासै फरक छैन । दुबैको क्यालोरी भ्यालु र पोषण लगभग समान छ । यदि दुबैको पोषक तत्वलाई हेर्ने हो भने सोडियमको मात्रा मात्रै फरक हो । भातको तुलनामा रोटीमा सोडियमको मात्रा धेरै हुन्छ । १२० ग्राम गहुँको आटामा १९० मिलिग्राम सोडियम हुन्छ जबकी भातमा सोडियमको मात्रा शून्य बराबर हुन्छ । कति यस्ता रोग छन् जसमा सोडियम खानु हुँदैन, यस्तो अवस्थामा तपाईंले रोटीको साटो भात नै खानुपर्छ ।

तौल घटाउन सहयोगी रोटी

भातको तुलनामा रोटीमा प्रोटिन र फाइबरको मात्रा बढी हुन्छ, जसले गर्दा पाचन प्रणाली बलियो हुन्छ । रोटी खाँदा लामो समयसम्म पेट भरिएको महसुुस हुन्छ जसले गर्दा धेरै खानेकुराबाट बच्न सकिन्छ । यही कारणले तौल घटाउन चाहनेहरूलाई रोटी खाने सल्लाह दिइन्छ ।

छिटो पच्ने भात

रोटी पचाउन बढी समय लाग्छ र यसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ । साथै, चामलमा धेरै मात्रामा स्टार्च हुन्छ, जसका कारण यसलाई पचाउन सजिलो हुन्छ । पेट बलियो नहुनेहरूका लागि भात उत्तम विकल्प हो ।

दुवै स्वास्थ्यका लागि आवश्यक

भात र रोटी दुवै स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । भात भन्दा रोटीमा धेरै पोषण पाइन्छ, जुन उत्तम विकल्प हो । यस्तै भात खाँदा रगतमा चिनीको मात्रा द्रुत रूपमा बढ्छ, तर रोटी खाँदा त्यस्तो हुँदैन । तौल घटाउन चाहनेहरूका लागि भातभन्दा रोटी उत्तम विकल्प हो । रोटी खाँदा लामो समयसम्म पेट भरिएको महसुस हुन्छ र भोक पनि कम लाग्छ, जसले तौल घटाउन मद्दत गर्छ । तर पाचन सम्बन्धी समस्या भएका मानिसहरूलाई भात खान सल्लाह दिइन्छ ।

कार्बोहाइड्रेट पाचनमा मद्दत गर्दछ

कार्बोहाइड्रेटले ऊर्जा दिनुका साथै फ्याटलाई पचाउने काम पनि गर्छ । होल ग्रेन, ब्राउन राइस र दाल जस्ता अनाज तौल घटाउन र बोसो घटाउन सहयोगी हुन्छन् । यसमा जटिल कार्बोहाइड्रेट हुन्छन् जुन खानमा कम्तीमा ६० प्रतिशत हुनुपर्छ । यदि तपाईले सही मात्रामा कार्बोहाइड्रेट खानु भएको छैन भने तपाईले तौल घटाउन सक्नुहुन्न । त्यसैले खानामा कार्बोहाइड्रेडको मात्रा बढाउनुका साथै क्यालोरीको मात्रालाई पनि नियन्त्रण गर्न आवश्यक छ ।

गुड कार्बोहाइड्रेट र ब्याड कार्बोहाइड्रेट

कार्बोहाइड्रेट शरीरमा ऊर्जाको मुख्य स्रोत हो । दुई प्रकारका कार्बोहाइड्रेटहरू हुन्छन् । गुड कार्बोहाइड्रेट र ब्याड कार्बोहाइड्रेट । गुड कार्बोहाइड्रेटमा अनाज, फलफूल र तरकारीहरु पर्छन् । यी यस्ता कार्बोहाइड्रेट हुन् जुन पचाउन समय लाग्छ, जसले लामो समयसम्म पूर्णताको अनुभूति गराउँछ । यसले रगतमा चिनी र इन्सुलिनलाई अचानक बढ्नबाट रोक्छ । खराब कार्बोहाइड्रेटहरू पालिश गरिएको अन्नबाट बनाइएका चीजहरू हुन् । यसमा खासै पोषण तत्व पाइँदैनन् । ब्याड कार्बोहाइड्रेट चाँडै पच्छ । रोटी र भातमा गुड र ब्याड कार्बोहाइड्रेटको बारेमा कुरा गर्दा, चामल कुट्ने बेला चामलबाट फाइबर हट्छ । यसमा कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ, जुन खाएपछि सुगर र ब्लडमा बढी इन्सुलिन बन्छ र मधुमेहको खतरालाई बढाउँछ । एकपटक जब कार्ब्सलाई मेटाबोलाइज्ड गरिन्छ तब इन्सुलिनले भोक बढाउने बेस लाइनमा फर्किन बढी समय लिन्छ र धेरै खानका लागि आग्रह गर्छ, यसले तौल बढ्न सक्छ ।

फाइबरको कमीले कब्जियतको समस्या

घुलनशील फाइबरले कोलेस्ट्रोलको निर्माणलाई रोक्छ र पेटलाई सजिलै सफा गर्छ । डाइटमा फाइबर नलिने हो भने कब्जियत हुन सक्छ । रोटीमा फस्फोरस बडी सेल पाइन्छ । हड्डी र मृगौला बलियो बनाउँछ ।

सही विकल्प छान्नुहोस्

के खाएमा पेट राम्रोसँग भरिन्छ वा के खाएपछि केही खान मनलाग्दैन, त्यसमा ध्यान दिनुहोस् । यदि भातको भोक मेट्छ भने भात नै खानुहोस् र भात खाएपछि पनि केही खाउँ खाउँ लाग्छ भने रोटी खानुहोस् । रातोपाटी बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वीरेन्द्रको जन्मदिनमा दाजुभाइको उदाहरणीय सहयोग, बाढीपीडितका लागि ३६ हजार ५ सय ५५

वीरेन्द्रको जन्मदिनमा दाजुभाइको उदाहरणीय सहयोग, बाढीपीडितका लागि ३६ हजार ५ सय ५५

भदौ १३, २०८३
सातै प्रदेशमा बर्न उपचार केन्द्र स्थापना गर्न प्रधानमन्त्री शाहको निर्देशन

प्रधानमन्त्रीले भनेः प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि पहल भइसकेको छ

भदौ १३, २०८३
चीनले भन्यो – ‘बाढीको जोखिम कायमै छ, उच्च सावधानी अपनाउनू’

चीनले भन्यो – ‘बाढीको जोखिम कायमै छ, उच्च सावधानी अपनाउनू’

भदौ १३, २०८३
भाद्र कृष्ण प्रतिपदाः आज गाईजात्रा पर्व मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आज गाईजात्रा पर्व मनाइँदै

भदौ १३, २०८३
एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

भदौ १२, २०८३
‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

भदौ १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व