सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कटहर खाएपछि नखानुहोस् यी चिज, स्वास्थ्यमा पर्छ गम्भीर असर !!

कटहर खानुका धेरै स्वास्थ्य लाभहरू छन् । मानिसहरु काँचो र पाकेको दुवै प्रकारका कटहर खान रुचाउँछन् । कटहरमा भिटामिन ए, भिटामिन सी, आइरन, क्याल्सियम, पोटासियम र जिंकजस्ता गुण पाइन्छन्, जुन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर कटहरले फाइदाको साथै स्वास्थ्यलाई हानी पनि पु¥याउन सक्छ । हो, केही यस्ता चिजहरु छन् जुन कटहर सँगै खाँदा स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । यस्तो अवस्थामा तपाईंंले यी चिज खानबाट बच्नुपर्छ ।

कटहरसँग यस्ता खानेकुरा नखानुहोस्

१. मेवा

World Link Ads
Mahakali Polytechnic

कटहर खाएलगत्तै मेवा खानु हुँदैन । किनभने कटहर खाएपछि मेवा खाँदा शरीर सुन्निने समस्या देखिन सक्छ । त्यसैले यो नखाँदा नै राम्रो ।

Dirghayu Ads

२. दुध

Sana Kishan

कटहर खाएपछि तुरुन्तै दुध पनि खानु हुँदैन । कटहर खाएपछि दूध पिउनाले दुबीलगायतका अन्य समस्या पनि देखिन सक्छ । तसर्थ, कटहर खाएलगत्तै दुध खानु हुँदैन।

३. भिन्डी

यस्तै, कटहर र भिन्डी पनि एकैपटक खानु हुँदैन । कटहर खाएपछि भिन्डी खाँदा पेट दुख्ने, कब्जियत जस्ता समस्या हुन सक्छ । तसर्थ, कटहर खाइसकेपछि तुरुन्तै भिन्डी खानबाट जोगिनुपर्छ ।

४. पान

कटहर खाएलगत्तै पान पनि नखानुहोस् । कटहर खाएपछि पान खाँदा स्वास्थ्यमा हानी पुग्न सक्छ । त्यसैले यस्ता चिजहरुबाट टाढै बस्दा राम्रो । रातोपाटी बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.