सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चियासँग नखानुहोस् यी खानेकुरा !!

धेरैजसो मानिस आफ्नो दिनको सुरुवात एक कप ताजा चियाबाट गर्छन् । चिया पिएर शरीरमा स्फूर्ति आउँछ र ताजा महसुस हुन्छ । यदि तपार्ईं पनि चियाको पारखी हुनुहुन्छ भने तपाईंले दिउँसो पनि धेरैपटक चिया पिउनुहुन्छ होला । दुध चियाबाहेक विश्वभरीका मानिसले चियाका विभिन्न प्रकारको सेवन गर्छन् । ग्रिन टी र ब्ल्याक टीका साथै केमोमाइल र हिबिस्कस टीसम्म, चियाका विभिन्न प्रकार उपलब्ध छन् । चियासँग कोहीलाई बिस्कुट खान मनपर्छ भने कसैलाई पकौडा । तर केही यस्ता चिज पनि छन् जुन चियासँग कहिल्यै खानु हुँदैन । आउनुहोस्, ती खानेकुराबारे जानकारी लिऔँ ।

१. नट्स

दुधसँग आइरनयुक्त खानेकुरा खानबाट जोगिनुपर्छ । नट्स आइरनले भरपुर हुन्छन् त्यसैले चिसासँग नट्स खाँदा स्वास्थ्यमा गलत असर पर्न ससक्छ त्यसैले चियासँग नट्स खानु हुँदैन ।

World Link Ads
Mahakali Polytechnic

२. आइरनले भरपुर सागसब्जी

आइरनले भरपुर चिजलाई चियासँग खानु हुँदैन । यस्तो यसकारण किनभने चियामा टेनिन र ओक्सालेट हुन्छ जसले आइरनयुक्त चिजलाई अब्जर्ब हुनबाट रोक्छ । त्यसैले आइरनले भरपुर खाद्य पदार्थ जस्तै नट्स, हरियो पत्तेदार सागसब्जी, दाल, गेडागुडीलगायतका खानेकुरा चियासँग खानु हुँदैन ।

३. कागती

Sana Kishan

कागती मिसाइएको चिया पिउने सल्लाह फिटनेस इन्डष्ट्रिमा धेरै नै दिइन्छ किनभने केहीलाई लाग्न सक्छ कि यसले तीब्र रुपमा तौल कम गर्न सहयोग गर्छ । तर त्यस्ता मानिसहरुले के बुझ्नुपर्छ भने चियामा कागतीमा रस मिसाउँदा त्यो अम्लीय हुनसक्छ र शरीरमा सुजनको कारण बन्न सक्छ । कागतीको चियाको सेवन यदि बिहान खाली पेटमा गर्ने हो भने एसिड रिफ्लेक्स र हार्टबर्नजस्ता समस्या पनि हुनसक्छ । त्यसैले तपाईं यस्ता चियाबाट टाढै बसेको राम्रो ।

४. बेसन

पकौडा वा निम्कीसँग चिया पिउनु साधारणजस्तो देखिन सक्छ । धेरै मानिसहरुले यस्तो गर्ने गर्छन् । विज्ञका अनुसार चियासँग बेसनले बनेका खानेकुरा खाँदा पाचन सम्बन्धि समस्या हुनसक्छ र यसले शरीरको पोषक तत्वलाई अवशोषित गर्ने क्षमतालाई पनि कम गर्ने गर्छ । त्यसैले चियासँग बेसनले बनेका खानेकुराको सेवन नगरेकै राम्रो ।

५. बेसार

चिया पिउने बेला बेसार भएका खाद्य पदार्थबाट बच्नुपर्छ किनभने यसले पनि पेटमा ग्यास, एसिडिटी वा कब्जियत जस्ता समस्या निम्त्याउन सक्छ । बेसार र चियापत्ती एक अर्कासँग अनुकूल हुँदैनन् त्यसैले कहिल्यै पनि बेसारयुक्त खानेकुरा चियासँग नखानुहोस् ।

६. चिसा खानेकुरा

कहिल्यै पनि चिसा चिजलाई तातो चियासँग वा चिया पिउने बित्तिकै खानुहुँदैन । यस्तो गर्दा पाचन सम्बन्धि समस्या हुनसक्छ । अलग–अलग तापक्रमका खाद्य पदार्थलाई एकैपटक सेवन गर्दा पाचन क्रिया कमजोर हुनसक्छ र बान्ता आउला जस्तो हुन्छ । तातो चिया पिएपछि कम्तीमा आधा घण्टासम्म केही पनि चिसो खानबाट जोगिनुहोस् । रातोपाटी बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.