Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

किन हुन्छ शरीरमा भिटामिन ‘डी’ को कमी ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन २९, २०७९
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

पछिल्लो समय भिटामिन ‘डी’ को कमी स्वास्थ्य क्षेत्रमा एउटा ठूलो समस्याको रुपमा देखा परेको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने झन् धेरै व्यक्तिमा भिटामिन ‘डी’ को कमी पाइन्छ ।

भिटामिन ‘डी’ को प्रमुख स्रोत सूर्यको किरण हो । तर अहिले धेरै व्यक्ति भिटामिन ‘डी’ को प्रमुख स्रोत सूर्यको पराबैजनी किरणको सम्पर्कमा कमै मात्र आउन पाएका हुन्छन् । किनकि बढ्दो सहरीकरण र व्यस्त जीवनशैलीका कारण मानिसहरुलाई घाममा बस्ने फुर्सद नै कम छ । सहरका घरहरु एकापसमा जोडेर बनाइएकाले कोठा कोठामा सूर्यको किरण छिर्न पनि पाउँदैन ।

मानव छालाले सूर्यको प्रकाशमा भएको पराबैजनी किरणबाट भिटामिन ‘डी’ को निर्माण गर्छ र शरीरले उसलाई संग्रहित राखेर पछि उपयोग गर्न थाल्छ । छालाले भिटामिन ‘डी’को निर्माण गर्न सकेन भने यसको कमी हुन्छ । भिटामिन डी’ पाइने खाना जस्तै अण्डा, माछाको कम सेवन गर्दा पनि यो समस्या देखा पर्ने सुस्वास्थ्य अस्पतालका अध्यक्ष सुदर्शन बस्नेत बताउँछन् ।

भिटामिन डी को सप्लिमेन्ट कस्ता व्यक्तिले लिने ?

नेपालमा अहिले धेरै व्यक्तिमा भिटामिन ‘डी’ को कमी भएको पाइन्छ । यसको मात्रा जाँच गराउनेहरुको संख्या कम भएपनि जाँच गरेका प्रायः व्यक्तिमा यसको कमी नै देखिएको पाइन्छ । त्यस्ता व्यक्तिले सप्लिमेन्ट लिनुपर्ने पोषणविद् कला नेपाल बताउँछिन् ।

‘महिनावारी बन्द भएका महिला र पोस्ट कोभिडका बिरामीमा पनि भिटामिन ‘डी’को कमी हुन्छ । साथै थाइराइडका बिरामीहरूमा पनि भिटामिन ‘डी’को कमी हुन्छ,’ उनी भन्छिन्, ‘अहिले धेरै जना अफिसभित्रको काम गर्छन् । बाहिर घामको सम्पर्कमा आएका हुँदैनन् त्यस्ता व्यक्तिहरूमा पनि यसको कमी हुने गर्छ । त्यसैले यस्ता व्यक्तिले पनि चिकित्सकको सल्लाह अनुसार भिटामिन ‘डी’ सप्लिमेन्टको सेवन गर्न सक्छन् ।’

बिहान ८ देखी ११ बजेसम्मको घाममा बस्नु उचित

बिहानको घाममा भिटामिन ‘डी’ प्रशस्त मात्रामा पाइने भएकाले बिहान ८ देखि ११ बजेको घाममा बसेर सनबाथ लिंदा शरीरमा भिटामिन ‘डी’ को कमी हुन पाउँदैन । यो अवधिभित्रमा आधा घण्टा थोरै मोस्चराइजर लगाएर घाममा बस्न सकिने बस्नेत बताउँछन् ।

‘यसरी घाममा बस्दा शरीरले सूर्यको प्रकाश सोस्न सक्ने किसिमको कपडा लगाउनुपर्छ । यसरी कम्तीमा पनि आधा घण्टा दैनिक घाममा बस्न सकियो भने यस्तो समस्या देखा पर्दैन ।’

भिटामिन ‘डी’ को कमीले देखिने समस्या

भिटामिन ‘डी’ को कमीले हड्डीको समस्या निम्ताउँछ । भिटामिन ‘डी’को कमीले रोगसँग लड्ने क्षमता पनि कम गरिदिन्छ । यसको कमीले हातखुट्टा झम्झमाउने, थकाइ लाग्ने र कपाल झर्ने जस्ता समस्या देखिन सक्छन् । तर जाँच नै नगरी तथा चिकित्सकको सल्लाह बिना भिटामिन ‘डी’ सप्लिमेन्टको सेवन भने गर्नुहुँदैन । आफूखुसी यसको सेवन गर्दा झनै नकारात्मक असर गर्न सक्ने पोषणविद् नेपाल बताउँछिन् ।

भिटामिन ‘डी’ को मात्रा कति ?

भिटामिन ‘डी’ को स्तर ३० देखि ७४ नानोग्राम प्रतिमिलिमिटर भए यसलाई सामान्य मानिन्छ । २१ देखि २९ नानोग्राम हुनु अपर्याप्त हो । यस्तै २० नानोग्राम प्रतिमिलिमिटर भन्दा तल हुनुले शरीरमा यसको कमी रहेको देखाउँछ । ५ नानोग्राम भन्दा कम हुनु भनेको समस्यामा पर्नु हो ।

भिटामिन ‘डी’ का स्रोत

भिटामिन ‘डी’ बोसोमा घुलनशील हुन्छ । यसले शरीरलाई क्याल्सियम सोस्न सघाउँछ । भिटामिन डी को सबैभन्दा राम्रो स्रोत भनेको सूर्यको किरण हो । साथै खानाबाट पनि हामी भिटामिन डी प्राप्त गर्न सक्छौं । अण्डा, माछा, चिज, च्याउ, गाँजर आदिको सेवनबाट पनि केही मात्रामा भिटामिन डी प्राप्त हुन्छ । तर खानाबाट पनि भिटामिन ‘डी’ को पर्याप्त मात्रा प्राप्त नहुने भएकाले सप्लिमेन्ट सेवन गर्नुपर्ने पोषणविद् नेपालको सुझाव छ । सुमित्रा लुइटेलले अनलाइनखबरमा लेखेकी छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बाढीपीडितको सहयोगका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा एक करोड दिने

बाढीपीडितको सहयोगका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा एक करोड दिने

भदौ १४, २०८३
नुवाकोटका बाढीपीडितलाई खाद्यान्नसहित राहत सामग्री वितरण

नुवाकोटका बाढीपीडितलाई खाद्यान्नसहित राहत सामग्री वितरण

भदौ १४, २०८३
भोटेकोशी बाढीपीडितका लागि उदयदेव सहकारीको २ लाख ११ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि उदयदेव सहकारीको २ लाख ११ हजार सहयोग

भदौ १४, २०८३
नेपालको विपद्मा चीनको साथ : ५० टन राहत सामग्री र उद्धार विशेषज्ञ टोली काठमाडौंमा

नेपालको विपद्मा चीनको साथ : ५० टन राहत सामग्री र उद्धार विशेषज्ञ टोली काठमाडौंमा

भदौ १४, २०८३
अमेरिकाद्वारा नेपालका बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी मानवीय सहायता घोषणा

अमेरिकाद्वारा नेपालका बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी मानवीय सहायता घोषणा

भदौ १४, २०८३
सडक मर्मत गर्दै वडा अध्यक्ष थापा

सडक मर्मत गर्दै वडा अध्यक्ष थापा

भदौ १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व