सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भदौ १६ देखि २५ गतेसम्म कञ्चनपुरको महेन्द्रनगरमा गौरा महोत्सव हुने

कञ्चनपुरको महेन्द्रनगरमा गौरा महोत्सव आयोजना गरिने भएको छ । महाकाली साहित्य सङ्गमले गौरा महोत्सवको आयोजना गर्न लागेको हो । महेन्द्रनगर बजारको खुलामञ्चमा महोत्सव अगामी भदौ १६ देखि २५ गतेसम्म आयोजना हुने भएको छ । महोत्सवमा सुदूरपश्चिमका देउडासहितका लोकभाका, कला, संस्कृति, पहिरन, वाद्यवाधन, झाँर्कीलगायत देखाइने सङ्गमका अध्यक्ष हरिप्रसाद जोशीले जानकारी दिएका छन् ।

महोत्सव आयोजनाका लागि अध्यक्ष जोशीकै संयोजकत्वमा एक सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । महोत्सवलाई सफलतापूर्वक सञ्चालन गर्नका लागि उपसमितिसमेत गठन गरिएका छन् । सङ्गमले विसं २०७६ चैत ११ गतेदेखि कोभिड–१९ का कारण गत वर्षसम्म गौरा महोत्सव मनाउन पाएको थिएन ।

Sana Kishan

विसं २०७७ मा गौरापर्व भर्चुअल माध्यमबाट कार्यक्रम गरी मनाइएको थियो भने २०७८ मा महाकाली साहित्य सङ्गमको कार्यालयमा सीमित व्यक्तिको उपस्थितिमा कार्यक्रम गरी मनाइएको थियोे । अध्यक्ष जोशीका अनुसार लामो समयदेखि हुन नसकेको गौरा यसपालि महोत्सवका रूपमा मनाउने निर्णय गरिएको छ ।

World Link Ads
Mahakali Polytechnic

गौरा पर्व पर्वमात्र नभई वर्ग, लिङ्ग, जातजातिलाई जोड्ने माध्यम भएको उल्लेख गर्दै उनले यस पर्वले समाजिक एकतालाई बलियो बनाउने कार्यसमेत गर्दै आएको बताए । सुदूरपश्चिम क्षेत्रको कला, संस्कृतिलाई जीवन्त राख्नका लागि महोत्सव सहायकसिद्ध हुने उनको भनाइ  छ । गोदावरी न्युज बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.