सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डडेल्धुरा जिल्लामा सडक मर्मतको काम शुरु

महाकाली राजमार्गअन्तर्गत डडेल्धुरा सदरमुकामको सडक मर्मत सुरु गरिएको छ । सडक डिभिजन कार्यालय डोटीले जिल्ला सदरमुकामको बागबजारदेखि किर्तीपुर सम्मको सडक मर्मत सुरु गरेको हो ।

अनुसार सडक डिभिजन कार्यालयले आफ्नै जनशक्ति प्रयोग गरेर सडक मर्मत सुरु गरेको कार्यालयका इन्जिनियर योगेन्द्र अधिकारीले बताए । ‘महाकाली राजमार्ग मर्मतका लागि सडक डिभिजन कार्यालय डोटीले ४० लाखको लागत इस्टिमेट पास गरेको उनले बताए ।

Sana Kishan

महाकाली राजमार्गअन्तर्गत डडेल्धुराको सडक मर्मतका लागि यसअघि सडक डिभिजन कार्यालयले युसुफ कन्ट्रक्सनसंग ठेक्का सम्झौता गरेको थियो ।

World Link Ads
Mahakali Polytechnic

सम्झौताअनुसार गत असारमै मर्मतको काम सम्पन्न हुनुपर्ने हो । तर चैतसम्म म्याद थप गर्दा पनि युसुफ कन्ट्रक्सनले काम सुरु नगरेपछि सडक डिभिजन कार्यालय आफैँले मर्मत थालेको जनाएको छ । महाकाली राजमार्गअन्तर्गत आनरखोलीतर्फ भने उन्नती निर्माण सेवाले मर्मतको काम गरिरहेको छ । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.