कैलाली – प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी मुलुकभर मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यबाट कैलालीमा ११ हजार ४ सय ३० नयाँ मतदाता थपिएका हुन् । कैलालीमा एक मतदान स्थल पनि थप गरिएको छ भने तीन मतदान स्थल सारिएका छन ।
अब मंसिर ४ गते हुने निर्वाचनको तयारीमा आयोग रहेको प्रदेश निर्वाचन आयोगका निमित्त प्रमुख प्रेम भट्टले जानकारी दिए । यहाँ एक मतदान स्थल थपिएपछि कैलालीमा २ सय ३७ मतदान स्थल हुनेछन् । जिल्लामा ३० राजनीतिक दल दर्ता रहेकाले उनीहरूका उम्मेदवारहरू हुनेछन् ।
तर सत्तारुढ दलले गठबन्धन गरेकाले उम्मेदवारको सङ्ख्या कम हुने देखिएको आङ्कलन गरिएको छ । अब कैलालीमा मतदाताको सङ्ख्या ५ लाख ३६ हजार ५ सय ५५ पुगेको छ । गोदावरी न्युज बाट सभार









Discussion about this post