सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बिहान मनतातो पानीमा मह मिसाएर पिउनुका अनगिन्ती फाइदा !!

हरेक बिहान मनतातो पानीमा मह मिसाएर पिउनाले स्वास्थ्यलाई थुप्रै लाभ प्रदान गर्छ । महमा प्राकृतिक चिनी पाइन्छ जुन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । महलाई आयुर्वेदमा औषधीको रूपमा प्रयोग गरिन्छ । महमा भिटामिन सी, आइरन, क्याल्सियम, पोटासियम, फस्फोरस, जिंक, चिनी, कार्बोहाइड्रेट, रिबोफ्लेभिन, एन्टिब्याक्टेरियल र एन्टिसेप्टिक जस्ता पोषक तत्व पाइन्छ जसले शरीरलाई धेरै स्वास्थ्य समस्याबाट बचाउन मद्दत गर्छ । बिहान खाली पेटमा मनतातो पानीमा मह मिसाएर पिउनाले तौल घटाउन सहयोग गर्छ । साथै, यसले प्रतिरक्षा बलियो बनाउन मद्दत गर्दछ । बिहान मनतातो पानीमा मह मिसाएर पिउनुका फाइदाबारे जानकारी लिऔँ ।

१. तौल घटाउन लाभदायक

तौल घटाउनका लागि हरेक बिहान खाली पेटमा मनतातो पानीमा मह मिसाएर सेवन गर्नु निकै फाइदाजनक मानिन्छ । यसले शरीरलाई डिटक्सिफाई गर्छ र पसिनाको माध्यमबाट खराब बोसो हटाउन मद्दत गर्दछ । यसले तौल घटाउन मद्दत गर्छ ।

World Link Ads
Mahakali Polytechnic

२. पाचन शक्ति बढाउन लाभदायक

Dirghayu Ads
Sana Kishan

पाचन शक्ति बढाउनका लागि हरेक दिन बिहान खाली पेटमा मनतातो पानीमा मह मिसाएर सेवन गर्नु निकै फाइदाजनक मानिन्छ । मनतातो पानीमा मह मिसाएर पिउनाले पाचन क्रियामा सुधार हुन्छ । साथै यसले कब्जियतको समस्यालाई पनि हटाउन मद्दत गर्छ । यसका साथै यसको सेवनले पेट सफा रहन्छ, जसले पेटको रोगलाई टाढा राख्छ ।

३. घाँटीको संक्रमणबाट छुटकारा

घाँटीको इन्फेक्सनबाट राहत पाउनका लागि हरेक बिहान मनतातो पानीमा मह मिसाएर खानु निकै फाइदाजनक मानिन्छ । मनतातो पानीमा मह मिसाएर पिउनाले घाँटीमा हुने ब्याक्टेरिया नष्ट हुन्छ । यसका साथै यसको सेवनले रुघाखोकी, नाक बन्द हुने, ज्वरोजस्ता समस्याबाट पनि राहत मिल्छ ।

४. शरीरको हेमोग्लोबिन स्तर बढाउन

शरीरमा हेमोग्लोबिनको स्तर बढाउनका लागि हरेक बिहान मनतातो पानीमा मह मिसाएर सेवन गर्नु निकै फाइदाजनक मानिन्छ । मनतातो पानीमा मह मिसाएर पिउनाले शरीरको हेमोग्लोबिन बढ्छ । जसले गर्दा शरीरमा रगतको कमी हट्छ । रातोपाटी बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.