

कैलालीको जमरा कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ । टीकापुर नगरपालिका वडा नं १ स्थित एकतानगर शिविरका लालसिंह परियारका १२ वर्षीय छोरा दिनेश परियारको कुलोमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो ।

आज दिउँसो १२ बजे साथीसंगै नुहाउन गएका दिनेश कुलोमा डुबेर बेहोस भएका र टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । सगुन खबर बाट सभार
